Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कांग्रेस सरकारबाट बाहिरन सक्छ : गगन थापा


ग्लोबल पाना
बिहीबार , वैशाख ११ २०८२
  • 443
    SHARES

  • images
    कांग्रेस सरकारबाट बाहिरन सक्छ : गगन थापा

    काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी वर्तमान गठबन्धन सरकारबाट बाहिरिन सक्ने बताएका छन् । १९औं लोकतन्त्र दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा थापाले सरकारबाट पार्टी बाहिरिन सक्ने बताए ।

    images
    images
    images

    सरकारमा बसिरहनुपर्ने बाध्यतामा आफूहरु नरहेको उनको भनाइ थियो । सरकार सञ्चालनसम्बन्धी संयन्त्रका सदस्यसमेत रहेका प्रमुख सत्तारुढ घटकका शक्तिशाली महामन्त्री थापाको यो भनाइलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    ‘हामी बाध्यताले मात्र सरकारमा छौं । केही कुरामा कम्परमाइज गरेर बसिरहेका हौं’, थापाले भने, ‘तर, आधारभूत कुराहरूमा कम्परमाइज गर्दैनौं । हामीले भन्न सक्नुपर्छ, पर्यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं ।’

    सरकारको बचाउ गर्दै आएका थापाले केही दिनअघि ‘बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेड रुमसम्मै रहेको’ अभिव्यक्ति दिएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ