Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौता


ग्लोबल पाना
शनिबार, वैशाख १३ २०८२
  • 344
    SHARES

  • images
    भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौता

    काठमाडौं । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीको प्रमुख आतिथ्यमा तथा नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा आज वैशाख १२ गते राजधानीको होटल हिल्टनमा भव्य रूपमा सम्पन्न भएको छ।

    images
    images
    images

    कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त अवसरमा मन्त्री भण्डारीको उपस्थितिमा नेपाल मैदा उद्योग संघ र भारतको एग्रिवाच कम्पनीबीच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण तथा परामर्श सेवाहरू उपलब्ध गराउने उद्देश्यले एक महत्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।

    भु-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्ने उद्देश्यले यो सम्झौता गरिएको हो, जुन निजी क्षेत्रको पहलमा पहिलो पटक भएको ऐतिहासिक प्रयासका रूपमा लिइएको छ। उक्त सम्झौताबाट नेपालले विविध फाइदाहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ। कृषि बजार सूचना र विश्लेषण प्रणालीले नेपालको कृषि वस्तुहरूको मूल्य तथ्यांक संकलन गरी दैनिक, साप्ताहिक तथा मासिक रूपमा बजार विश्लेषण रिपोर्ट तयार गर्नेछ, जसले कृषक र व्यापारीहरूलाई समयमै उचित निर्णय लिन सघाउनेछ।

    साथै, कृषि वस्तुहरूको उत्पादन, उपभोग, आयात, निर्यात तथा बजार प्रवृत्तिहरूको अध्ययन गरी अनुसन्धान र परामर्श सेवा प्रदान गरिनेछ, जसले कृषि क्षेत्रको नीति निर्माण र व्यावसायिक रणनीति निर्माणमा योगदान पुर्‍याउनेछ। त्यस्तै, बीउ, मल लगायतका कृषि निवेशका पक्षमा अध्ययन र सल्लाह दिइनेछ, जसले कृषकहरूलाई स्थान, मौसम र बजार अनुरूप उपयुक्त बाली छनोट गर्नमा सहयोग पुर्‍याउनेछ। एआइ प्रविधिमा आधारित डिजिटल कृषि समाधानहरू, जस्तै बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श र बजारसँग जोड्ने सेवा उपलब्ध गराइनेछ।

    यसले कृषकहरूलाई आधुनिक प्रविधिको प्रयोगमा अभ्यस्त बनाउनेछ भने नेपालका वास्तविक कृषि तथ्यांक संकलन गरी दीर्घकालीन कृषि रणनीति निर्माणमा टेवा पुर्‍याउनेछ। एग्रिवाच कम्पनीले कृषि क्षेत्रसम्बन्धी ताजा समाचार, वस्तु मूल्य सूची, तथा बजार रिपोर्टहरू नियमित रूपमा प्रकाशन गर्ने व्यवस्था मिलाउनेछ, जसले कृषक, व्यापारी, नीति निर्माता तथा अन्य सरोकारवालाहरूलाई अद्यावधिक जानकारी प्राप्त गराउनेछ। यसैबीच, उक्त कार्यक्रममा अर्को महत्वपूर्ण उपलब्धि भारत सरकार अन्तर्गतको राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनसीईएल) का प्रबन्ध निर्देशक उनुपम कौशिकको विशेष उपस्थिति रहनु हो।

    भारत सरकारले कृषि क्षेत्रको प्रवर्द्धन, कोटा व्यवस्थापन तथा कृषि वस्तु निर्यात सम्बन्धी अधिकार एनसीईएललाई प्रत्यायोजन गरेकोले भारतीय औद्योगिक वस्तुहरूको निर्यातमा यस संस्थाको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। नेपालले भारतबाट आयात गर्दै आएको २ लाख टन गहुँ तथा विगतका वर्षहरूमा चिनी लगायतका खाद्यान्न एनसीईएलमार्फत नै आयात गरिएको थियो। नेपाल र एनसीईएलबीचको सहकार्यलाई अझ सुदृढ बनाउन तथा द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन प्रबन्ध निर्देशक कौशिकलाई नेपालमै आमन्त्रण गरिएको थियो।

    कार्यक्रमको अन्त्यतर्फ नेपालकै जेठो मैदा उद्योग खाद्य उद्योग लिमिटेड र संघका संस्थापक अध्यक्ष श्री रविन्द्र बहादुर श्रेष्ठलाई विशेष सम्मान गर्दै दोसल्ला ओढाइ सम्मानित गरिएको थियो। दीर्घकालदेखि नेपालमा मैदा उद्योगको विकास र संस्थागत सुदृढीकरणमा पुर्‍याएको योगदानको कदर स्वरूप उनीहरूलाई सम्मान गरिएको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ