काठमाडौं। टोखा नगरपालिकाले मेलमिलाप प्रक्रियासम्बन्धी आधारभूत तालिमको उद्घाटन गरेको छ । यस तालिमको आयोजनामा Mediation Nepal को सहकार्य रहेको छ, जसले स्थानीय स्तरमा विवाद समाधान प्रक्रियामा सुधार ल्याउन र यसका प्रभावकारी अभ्यासलाई प्रवर्धन गर्न मद्दत पुर्याउने उद्देश्य राख्दछ ।
यस कार्यक्रमका प्रमुख अतिथि सर्बोच्च अदालतका न्यायधिश सुनिल पोखरेलले कानुनी न्याय प्रणालीसँग मेलमिलाप प्रक्रियाको सम्बन्ध र यसको प्रभावकारीताबारे प्रकाश पार्दै स्थानीय तहमै विवाद समाधानको संस्कार विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मेलमिलाप प्रक्रियाले न्यायिक प्रक्रिया सजिलो, सस्तो र सहज बनाउने भएकाले यसको प्रभावकारी अभ्यासमा जोड दिन आग्रह गरर्नुभयो ।
टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले नगरवासीबीच उत्पन्न हुने विवादहरुलाई सहजीकरणमार्फत समाधान गर्न मेलमिलाप तालिम उपयोगी हुने बताउनु भयो । उहाँले मेलमिलापकर्ताको भूमिकाले समुदायमा शान्ति र सद्भाव कायम राख्न मद्दत पुग्ने धारणा राख्नुभयो ।
नगर उपप्रमुख मुरारी तामाङले मेलमिलाप तालिमले समुदायमा नेतृत्वदायी भूमिका खेल्ने युवा, महिला र समाजसेवीहरूलाई सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले मेलमिलाप प्रक्रिया स्थानीय सरकारको सेवा प्रवाहमा महत्वपूर्ण अंग बन्न थालेको र यस प्रकारका तालिमहरू नियमित रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
टोखा वडा नं. ०६ का वडाध्यक्ष शान्ता खनालले तालिमबाट वडा स्तरमै विवाद समाधानमा सहजता आउने विश्वास व्यक्त गर्दै सहभागीहरूलाई सिकाइलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । तालिममा विभिन्न वडाका प्रतिनिधि, सामाजिक अगुवा, महिला तथा युवाहरूको सहभागिता रहेको थियो । तालिमले सहभागीहरूलाई विवाद व्यवस्थापन, संवाद र सहमतिको प्रक्रियामा आधारित समाधान विधि सिकाउनेछ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


