Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बिरगंज महानगरपालिका वडा नं. २ मा आँखा शिविर सम्पन्न


ग्लोबल पाना
आइतबार, वैशाख १४ २०८२
  • 458
    SHARES

  • images
    बिरगंज महानगरपालिका वडा नं. २ मा आँखा शिविर सम्पन्न

    बिरगंज, १३ बैशाख । बिरगंज महानगरपालिका वडा नं. २ मा सामुदायिक सेवा केन्द्र छपकैया द्वारा आयोजित तथा बिरगंज सामुदायिक आँखा अस्पतालको प्राबिधिकको सहयोगमा निशुल्क आँखा शिबिरमा आँखा चेकजाच कार्यक्रम सम्पन्न भएको छ । उक्त शिविर कार्यक्रममा १५० जनाले आँखा चेकजाच गराएका छन् सो मध्ये १६ जना पुरुष र २० जना महिला गरी जम्मा ३६ जना रहेको बिरगंज सामुदायिक आँखा अस्पतालका डाक्टर महेश सिंह धामीले जनाएका छन् ।

    images
    images
    images

    सो कार्यक्रममा महिला तथा पुरुषहरुले नेत्र परिक्षण गराएका हो । उक्त कार्यक्रम बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यमा भएका कार्यक्रममा उप प्रमुख आलमले आँखा मनुष्यको अभिन्न मध्ये एक हो यसलाई सुरक्षित र सफा राख्न प्रत्येक मानव जातिको दायित्व हो । बिरगंज महानगरपालिकाले आउने दिनहरुमा महानगरको प्रत्येक वडाहरुमा आँखा शिविर तथा स्वास्थ्य शिविर संचालन गर्ने बताएका छन् ।

    सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको सो कार्यक्रममा निशुल्क आँखा शिबिर कार्यक्रम छ्पकैया वडा नं. २ स्थित छटघाट धर्मशालामा आँखा परीक्षण भएको थियो । उक्त निशुल्क आँखा परीक्षण कार्यक्रममा औंषधि आईड्रप, मलम र चस्मा समेत बितरण गरिएको थियो भने मोतियाबिन्द हुनेहरु लाई बिरगंज सामुदायिक आँखा अस्पतालमा निशुल्क अपरेसन गर्ने व्यवस्था समेत गर्ने अध्यक्ष ठकुराईले बताए ।

    वडा अध्यक्ष रेयाज मियाका अनुसार उक्त निशुल्क आँखा शिबिरको उदेश्य भनेको टोलमा रहेका गरिब, निमुखा र पैसाको अभावले गर्दा अस्पताल पुग्न नसक्नेहरुलाई यसबाट सहज रुपले सेवा लिन सक्ने भएकोले कोहि पनि आँखाको उपचार बिना अन्धकार जिवन जीउन नपरोस भन्ने बताए । यस्ता कार्यक्रम हामी अगामी दिनहरुमा स्वास्थ्य सम्बन्धि शिविर ल्याउने प्रतिवद्धता वडा अध्यक्ष मियाले वडा बाँसीहरुसँग गरेका छन् ।

    उक्त कार्यम्रममा विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वडा नं.२ का वडा अध्यक्ष महम्मद रेयाज मिया, रा.स.स.का बिरगंज कार्यालय प्रमुख हिमाल लम्साल, वडा न.२ वडा सदस्य बसिर मिया हजाम, पिर महम्मद अन्सारी, महिला सदस्य संगीता थापा भुजेल, रम्भा देबि लगायतका उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ