Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

हिन्दु लक्षित कश्मिर हमलाको कांग्रेस प्रवक्ता डा.महतद्वारा निन्दा


ग्लोबल पाना
आइतबार, वैशाख १४ २०८२
  • 321
    SHARES

  • images
    हिन्दु लक्षित कश्मिर हमलाको कांग्रेस प्रवक्ता डा.महतद्वारा निन्दा

    दाङ । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको कस्मिरमा भएको हिन्दु लक्षित आतङ्ककारी हमलाको निन्दा गरेका छन् ।

    images
    images
    images

    पार्टीको कार्यक्रमका सिलसिलामा दाङ पुगेका प्रवक्ता डा. महतले आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उक्त हमलाको निन्दा गरेका हुन्। उनले भने ‘भारतको कस्मिरमा हिन्दुलाई लक्षित गरेर अत्यन्त दर्दनाक किसिमको आतङ्ककारी हमला भयो, यो जघन्य अपराध हो ।

    यो आतङ्कमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ । यो आतङ्ककारी हमलामा हाम्रो नेपाली नागरिकसमेत मारिएका छन्। उनीलगायत सम्पूर्ण मृतकप्रति हार्दिक श्रध्दाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु ।

    ‘यो घटनमा हामी भारत र भारतीय जनताको साथमा छौं’ प्रवक्ता महतले भने, ‘यस्ता खाले आतङ्कवादका विरुद्ध सारा विश्व एक हुनेपर्छ ।'

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ