Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघको आकस्मिक बैठक


ग्लोबल पाना
आइतबार, वैशाख १४ २०८२
  • 435
    SHARES

  • images
    प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघको आकस्मिक बैठक

    काठमाडौँ । नयाँ बानेश्वरमा प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ। आन्दोलन उग्र रूप लिएकोले महासंघले आज दिउँसो तीन बजे बानेश्वरस्थित रत्नराज्य माविमा बैठक बोलाएको हो। बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, र आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाइएको छ।

    images
    images
    images

    बैठकमा आजको घटनाबारे र समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन्। नयाँ बानेश्वरमा प्रहरीसँगको झडपपछि एक दर्जनभन्दा बढी शिक्षक घाइते भएका छन्। महासचिव तुला बहादुर थापाले घाइते शिक्षकहरूको उपचार भइरहेको बताए। बढी चोट लागेका शिक्षकहरूलाई सिभिल हस्पिटलमा उपचारका लागि लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलनस्थलमै उपचार भइरहेको छ।

    निषेधित क्षेत्र तोड्ने प्रयासमा शिक्षक र प्रहरीबीच तनाव बढेको थियो। प्रहरीले लाठी प्रहार र पानीको फोहोरा हानेको थियो, जसपछि शिक्षकहरूले प्रतिकार गर्दै ढुंगा प्रहार गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ