Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

घरपालुवा जनावरको सुरक्षाका लागि काठमाडौं महानगरपालिकाको आह्वान : माइक्रोचिप अनिवार्य


ग्लोबल पाना
सोमबार, वैशाख १५ २०८२
  • 431
    SHARES

  • images
    घरपालुवा जनावरको सुरक्षाका लागि काठमाडौं महानगरपालिकाको आह्वान : माइक्रोचिप अनिवार्य

    काठमाडौं, १५ वैशाख : घरमा पालिने कुकुर र बिरालोलाई हराउने वा चोरी हुने समस्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले माइक्रोचिप अनिवार्य रूपमा लगाउन आह्वान गरेको छ ।

    images
    images
    images

    महानगरपालिकाले ’कुकुर/बिरालो व्यवस्थापन, नियन्त्रण र दर्ता कार्यविधि, २०७९’ अनुसार महानगर क्षेत्रभित्र घरपालुवा कुकुर र बिरालोको दर्ता अनिवार्य गरिसकेको छ । कार्यविधिको दफा ३(च) बमोजिम, अब कुकुर र बिरालोको माइक्रोचिपिङ गरी दर्ता गर्नुपर्नेछ । महानगरको ’आर्थिक ऐन २०८१’ का अनुसार, नेपाली जातका सामुदायिक कुकुर वा बिरालोलाई निःशुल्क दर्ता गरिनेछ भने विदेशी जातका कुकुर वा बिरालोलाई प्रति जनावर रु. २,००० सेवा शुल्क लाग्नेछ ।

    कार्यविधिको दफा ७ ले जनाएअनुसार, माइक्रोचिप लगाइएका जनावरको मृत्यु, स्थानान्तरण वा हराएको अवस्थामा पाल्ने व्यक्तिले ७ दिनभित्र सम्बन्धित वडा कार्यालयमा जानकारी गराउनुपर्नेछ । महानगरपालिकाका अनुसार, माइक्रोचिप एक स्थायी पहिचान प्रणाली हो, जसले हराएका जनावरलाई मालिकसँग पुनः भेट गराउन सहयोग गर्दछ ।

    माइक्रोचिपिङ प्रक्रिया छिटो, सुरक्षित र किफायती भएको हुँदा, ८ हप्ताभन्दा माथिका सबै कुकुरमा अनिवार्य माइक्रोचिप लगाउन आग्रह गरिएको छ । साथै, कुकुर वा बिरालो बेच्दा वा अरूलाई दिनुअघि समेत माइक्रोचिप लगाउन अनुरोध गरिएको छ ।

    महानगरपालिकाले घरपालुवा जनावरको सुरक्षालाई अझ प्रभावकारी बनाउन सबैलाई सक्रिय सहभागिताको आह्वान गरेको छ । - बालेन

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ