Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता


ग्लोबल पाना
सोमबार, वैशाख १५ २०८२
  • 411
    SHARES

  • images
    पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

    काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ। प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका अध्यक्ष डा. भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच साेमबार नयाँ दिल्लीमा भेटवार्ता भएको हाे ।

    images
    images
    images

    भेटका क्रममा उनीहरूबीच दुई देशकाे सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे सकारात्मक छलफल भएको पूर्वप्रधानमन्त्री भट्टराई सचिवालयले जनाएकाे छ । सचिवालयका अनुसार विशेषगरी दुई देशबीचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाईमा पुर्‍याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको छ ।

    यसैगरी भारतको कश्मिर क्षेत्रको पहलगाममा भएको आतंकवादी हमलाबारे अध्यक्ष भट्टराईले दुख व्यक्त गर्दै निन्दा तथा भर्त्सना गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ