Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पाँच मिनेटको भिडियोमा पूरै चलचित्रको कथा ।। बेग्लै रोमाण्टिक म्युजिक भिडियो, स्वतन्त्र संसारको गौरबशाली निर्माण


ग्लोबल पाना
सोमबार, वैशाख १५ २०८२
  • 472
    SHARES

  • images
    पाँच मिनेटको भिडियोमा पूरै चलचित्रको कथा ।। बेग्लै रोमाण्टिक म्युजिक भिडियो, स्वतन्त्र संसारको गौरबशाली निर्माण
    ललितपुर । नेपाली सांगीतिक आकाशमा बेग्लै रोमाण्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ। पाँच मिनेको भिडियोमा पूरै तीनघण्टा चलचित्रको कथा बोकेको गजबको म्युजिक भिडियो सार्वजनिक भएको हो। उक्त म्युजिक भिडियोको बोल नै "डुली डुली रहुँ" हो।

    यस गीतको पाँच मिनेटको म्युजिक भिडियोमा पूरै चलचित्रको कथा रहेको छ। आँट, साहस र धैर्यको प्रतिक मानिएका बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको निर्माणमा निर्मित यस म्युजिक भिडियो निर्देशन जितेन्द्र राजोपाध्यायले गरेका हुन्।

    images
    images
    images

    अन द स्पट राइटरको रुपमा नामी गीतकार दिपक विवश आँशुको शव्द रचना तथा मञ्जु नकर्मीको संगीत तथा योगेन्द्र पौडेल र ऋतु श्रेष्ठको गायन रहेको छ। भिडियोमा रोबिन पोखरेल र मीरा डंगोलको मुख्य भूमिका रहेको छ । साथमा साजन शाही, बिक्रम खड्गी र आशिष क्षेत्रीको पनि विशेष भूमिका रहेको छ।

    छायाङ्कन मोहन कुमार झिल्लुको रहेको छ भने दृश्य सम्पादन अनिल कुमार महर्जनले गरेका हुन् । यो गीतको भिडियोलाई संसार क्रियशन नेपालको आधिकारिक युट्युब च्यानल संसार अनलाइन टेलिभिजनवाट विश्वव्यापी प्रसारणमा आएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ