Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कारितास नेपालको परियोजनामा कन्काई बाल सञ्जालको नाटकः आप्रवासन र बालअधिकारको चेतना


ग्लोबल पाना
मंगलबार, वैशाख १६ २०८२
  • 240
    SHARES

  • images
    कारितास नेपालको परियोजनामा कन्काई बाल सञ्जालको नाटकः आप्रवासन र बालअधिकारको चेतना

    झापा । कन्काई नगरपालिका, झापामा कन्काई बाल सञ्जालले सुरक्षित आप्रवासन, बालअधिकार र समुदायमा देखिएका चुनौतीहरूबारे जनचेतना फैलाउने उद्देश्यले तीन दिने नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    कारितास नेपालको “सुरक्षित आप्रवासन सुनिश्चित र दिगो स्थानीय पुनर्स्थापना प्रवद्र्धन“ परियोजनाअन्तर्गत सञ्चालित उक्त कार्यक्रमले नगरपालिकाका सबै ९ वडामा नाटकमार्फत सन्देश प्रवाह गरेको थियो ।

    सामुदायिक सशक्तिकरण, बालबालिकाको अधिकारको संरक्षण तथा आप्रवासनसँग सम्बन्धित जोखिम र सम्भावनाबारे स्थानीयलाई सचेत बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन भएको हो ।

    कन्काई बाल सञ्जालका युवा सदस्यहरूको अभिनय, सिर्जनात्मक अभिव्यक्तिको माध्यमबाट सामाजिक मुद्दाहरूमा संवाद सुरु गर्ने प्रयास सराहनीय देखिएको छ ।

    स्थानीयवासी, अभिभावक र विद्यार्थीहरूको उत्साहजनक सहभागिता कार्यक्रमको प्रभावकारितालाई थप सशक्त बनाएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ