Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अध्यक्ष प्रचण्डलाई बेलौरी नगरपालिकामा स्वागत तथा अभिनन्दन


ग्लोबल पाना
बुधबार, वैशाख १७ २०८२
  • 304
    SHARES

  • images
    अध्यक्ष प्रचण्डलाई बेलौरी नगरपालिकामा स्वागत तथा अभिनन्दन

    कञ्चनपुर, वैशाख १७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कञ्चनपुरको बेलौरी नगरपालिका पुगेपछि भव्य स्वागत तथा अभिनन्दन गरिएको छ। तराई–मधेश जागरण अभियानअन्तर्गत बेलौरी पुगेको माओवादी केन्द्रको अभियान टोलीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो।

    images
    images
    images

    कार्यक्रमको क्रममा बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले अध्यक्ष प्रचण्ड समक्ष नगरका समस्या र आवश्यकताहरू समेटिएको ज्ञापनपत्र पेश गर्नुभयो। स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय जनप्रतिनिधि र जनताको सद्भावपूर्ण स्वागतप्रति आभार प्रकट गर्दै बेलौरीका समस्या समाधान र विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “बेलौरी नगरपालिकामा म यसअघि पनि विभिन्न कार्यक्रमका अवसरमा आएको छु। यहाँका समस्याहरू बारे म जानकार छु।

    नेपाल–भारत सीमामा देखिने समस्या, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि म विपक्षी दलको नेताको हैसियतमा गर्न सकिने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ