Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

समाज विकासको प्रणेता श्रमिक हुन् : अध्यक्ष प्रचण्ड


ग्लोबल पाना
बिहीबार , वैशाख १८ २०८२
  • 496
    SHARES

  • images
    समाज विकासको प्रणेता श्रमिक हुन् : अध्यक्ष प्रचण्ड

    काठमाडौं, वैशाख १८ । १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित भव्य कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिक वर्गलाई समाज परिवर्तनको आधार र विकासको प्रणेता भएको उल्लेख गर्नुभएको छ ।

    images
    images
    images

    अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताउनुभयो। उहाँले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समिक्षा आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

    अध्यक्ष प्रचण्डले ठेक्दारी प्रथा, आउटसोर्सिङ र न्यून ज्यालाजस्ता श्रमिकविरोधी प्रवृत्ति नियन्त्रण गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । राम्रो काम गर्दा गर्दै सरकार बाट हट्नु परेको बताउंदै उहाँले माओवादी नेतृत्वको सरकारबाट भएका राम्रा कामहरूको चर्चा गर्नुभयो। उहाँले सामाजिक सुरक्षा को विस्तार, मिटर ब्याज पीडितको समस्या समाधान का लागि लिएको पहल कदमी, अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षा अन्तर्गत ल्याउने पहल लगायतका कार्यलाई श्रमजीवी वर्गको हितमा माओवाअदीले गर्न खोजेका उल्लेखनीय काम बताउनुभयो।

    “हामीले जनयुद्धमा श्रमिक वर्गसँग गरेको अपिल र उनीहरूको त्याग अनुसार काम गर्न सकेनौं कि भन्ने आत्मसमीक्षा गरेका छौं,” प्रचण्डले भन्नुभयो। उहाँले भ्रष्टाचारविरुद्धको संघर्ष, तराई मधेस लगायत का अभियान मा जनताको दुःख देखेर गरिएको आत्मसमीक्षा र जनता आफ्नो वर्ग सं ग को सम्बन्ध सुधारको अभियानलाई पार्टीभित्र गम्भीर रूपले अघि बढाइएको स्पष्ट पार्नुभयो। झापादेखि कञ्चनपुरसम्म सञ्चालन गरिएको हुलाकी राजमार्ग केन्द्रित अभियानको प्रसंग उल्लेख गर्दै उहाँले जनताको घरघरमा पुगेर पीडा बुझेको र त्यही अनुभूतिका आधारमा माओवादी पार्टीले आफूलाई सुधारेर श्रमिक र किसानको असली पार्टी बनाउने दृढता व्यक्त गर्नुभयो ।

    अध्यक्ष प्रचण्डले “ राम्रो काम गर्दा गर्दै बिचौलियाको घरमा मध्यरातमा सेटिङ गरेर सरकार बाट हटाउन बाध्य पारियो तर हामी जनतासँग छौं, वर्गसँग छौं,” भन्दै जनताको पक्षमा संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा नयाँ आन्दोलनका लागि तयार रहन आग्रह गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ