काठमाडौं, वैशाख १९ । नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसनको हालै सम्पन्न केन्द्रीय महाधिवेशनबाट सरोज देवकोटा केन्द्रिय उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । ललितपुरको जाउलाखेलस्थित स्टाफ कलेजमा आयोजित भव्य उद्घाटन समारोह माननीय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा देशभरका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सरोज देवकोटा पेशागत निष्ठा, ईमानदारी र सेवामुखी भावनाले प्रेरित व्यक्तित्वका रूपमा चिनिन्छन् । यही गुणहरूका कारण उनले कुनै प्रतिस्पर्धा बिना नै सर्वसम्मत रुपमा उपाध्यक्ष पदमा निर्वाचित हुन सफल भएका हुन् । शुभेच्छुकहरू, कानुनी व्यवसायमा आबद्ध सहकर्मीहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले उहाँलाई बधाई दिँदै सफल कार्यकालको कामना व्यक्त गरेका छन् ।
देवकोटाको जन्म गोरखा जिल्लाको पालुङटारमा भएको हो । उनले लामो समयदेखि लेखापढी तथा कानुनी व्यवसायको क्षेत्रमा समर्पित रहँदै सेवा पुर्याउँदै आएका छन् । उनको व्यावसायिक यात्रा केवल व्यक्तिगत उन्नतिमा सीमित नरही, संस्था र समग्र पेशा क्षेत्रको सुधारतर्फ केन्द्रित रहँदै आएको छ ।
उनको निर्वाचित पदले संस्थालाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्दै देवकोटाको कार्यकाल सफल, प्रभावकारी र उदाहरणीय बनोस् भन्ने शुभेच्छुकहरुले शुभकामनासमेत व्यक्त गरिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


