Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

टोखा–९ मितेरी पुलबाट सुरु भयो विहानी जागरणसँगै विष्णुमति सफा बनाउने अभियानको ३९ औं यात्रा


ग्लोबल पाना
शनिबार, वैशाख २० २०८२
  • 505
    SHARES

  • images
    टोखा–९ मितेरी पुलबाट सुरु भयो विहानी जागरणसँगै विष्णुमति सफा बनाउने अभियानको ३९ औं यात्रा

    काठमाडौं, बैशाख २० । विष्णुमति नदीको संरक्षण तथा सरसफाईको निरन्तर प्रयासस्वरूप शुक्रबार बिहान ६ः३० बजे ३९ औं हप्ताको विष्णुमति करिडोर सरसफाई अभियान सुरु गरिएको छ । टोखा नगरपालिका–९ स्थित मितेरी पुल क्षेत्रबाट सुरु गरिएको अभियानमा स्थानीयवासी, समाजसेवी, विभिन्न संघसंस्था, युवा समूह तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

    images
    images
    images

    नदी प्रदूषण न्यूनीकरण, वातावरण संरक्षण तथा जनचेतना अभिवृद्धिको उद्देश्यले सञ्चालन हुँदै आएको यस अभियान अन्तर्गत नदी किनारमा रहेका प्लास्टिक तथा अन्य फोहोर पदार्थ संकलन, वर्गीकरण तथा व्यवस्थापन गरिएको संयोजकहरूले जनाएका छन् । अभियानमा प्रशासकीय प्रमुख शेरबहादुर बिसी, वडा अध्यक्ष, वडा सदस्यहरु लगायतका जनप्रतिनिधिहरूको उपस्थिति रहँदा स्थानीय समुदायमा वातावरणीय सचेतना अभिवृद्धि गर्न थप प्रेरणा मिलेको सहभागीहरू बताउँछन्।

    संयोजकहरूले विष्णुमति नदीलाई पुरानै स्वरूपमा फर्काउने साझा सपना साकार पार्न समुदायको सक्रिय सहभागिता र दीर्घकालीन सरकारी प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका छन्। उनीहरूका अनुसार, “हामी प्रत्येक हप्ता निरन्तर अभियान चलाउँदै आएका छौं, जसले दीगो वातावरणीय संरक्षणमा सकारात्मक प्रभाव पारिरहेको छ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ