टोखा, वडा नं. ३ । पछिल्ला दिनमा टोखा वडा नं. ३ मा विकासको गति तीव्र बन्दै गएको छ । कतै खानेपानीका लागि बोरिङ गरिँदैछ, त कतै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाईबुनाई तालिम सञ्चालन भइरहेको छ । साथै, स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धनका लागि वडाले खाद्य मेला समेत आयोजना गरेको छ, जसले वडाबासीहरूमा उत्साह थपेको छ ।
वडाका विभिन्न टोलमा बाटोको स्तरोन्नति र मर्मतका कामहरू पनि समान रूपमा अघि बढिरहेका छन् । यी सबै कार्यहरू वडाध्यक्ष रमेश डंगोलको पहल, वडा सचिव सानू श्रेष्ठको सहकार्य र अन्य जनप्रतिनिधिहरूको सहयोगमा सम्पन्न भइरहेका छन् ।
विकासप्रेमी, जनमुखी र फिल्डमा सक्रिय नेताका रूपमा अध्यक्ष डंगोल सबै समुदायको मन जित्न सफल देखिएका छन् । "हामी गफमा होइन, काममा विश्वास गर्छौं," वडाध्यक्ष डंगोलको भन्छन् ।
अध्यक्ष डंगाेल बढी समय वडाबासीका समस्या सुन्न र समाधान गर्न फिल्डमै व्यस्त रहने गरेका छन् । विकासप्रेमी नेताका रूपमा परिचित डंगोल जनतासँग नजिक रहने, समस्या सुन्ने र समाधानमा जुट्ने नेताका रूपमा स्थापित हुँदै गएका छन्।
यसैगरी, वडा सचिव सानु श्रेष्ठको प्रशासनिक दक्षता र योजनाहरूको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका रहेको छ । स्थानीय बासिन्दाहरू पनि वडाध्यक्ष र सचिव दुवैको कामप्रति सन्तुष्ट छन् ।
टोखा वडा नं. ३ आज विकासको उदाहरणीय मोडमा उभिएको छ । जहाँ नेतृत्व, समर्पण र सहकार्य मिल्दा परिवर्तन सम्भव छ भन्ने प्रमाण देखिएको छ ।
स्थानीय बासिन्दाहरू भन्छन्, हाम्रो वडामा साँच्चिकै परिवर्तन आउँदैछ । "विकास पनि भयो, संस्कृति पनि जोगियो" टोखा वडा नं. ३ आज एक समावेशी र व्यावहारिक विकास मोडलतर्फ अघि बढिरहेको छ, जहाँ सशक्त नेतृत्व, जनसहभागिता र नयापनको समिश्रण देखिन्छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


