Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जिसस कास्कीको बालगृह संचालकसंग अन्तरक्रिया 


ग्लोबल पाना
आइतबार, वैशाख २१ २०८२
  • 454
    SHARES

  • images
    जिसस कास्कीको बालगृह संचालकसंग अन्तरक्रिया 

    २१ बैशाख, पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लामा संचालित बालगृहका संचालकहरूसंग आइतबार अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। प्रमुख पौडेलले सम्पूर्ण बालगृहमा  कार्यरत मजदुरहरूलाइ अनिवार्य नियुक्तिपत्र सहित सरकारले तोकेको न्युनतम पारिश्रमिक प्रदान गर्न र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने ब्यबस्था भए  अनुसार सोही अनुसार कार्यगर्न आग्रह गर्नुभयो ।

    images
    images
    images

    पौडेलले बालश्रम रहित बालगृह बनाउन आग्रह गर्दै सुरक्षित र ब्यबस्थित बालगृह निर्माणका लागि आ आफ्नो क्षेत्रबाट कार्य सम्पादन गर्न आग्रह गर्नुभयो ।  उहाँले बालगृह सहित राज्यद्वारा नियन्त्रीत र निर्देशित सबै निकाय मानव अधिकारको पूर्ण पालना सहित श्रम ऎन ,कानुन र निर्देशिकाको पूर्ण पालनामा थप गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले बालश्रम रहित प्रदेश बनाउनेतर्फ  सबैजना केन्द्रित हुनुपर्ने भन्दै श्रम ऎन, न्युनतम पारिश्रमिक सहित  र सबै कामदारलाई  सामाजिक सुरक्षा कोषमा ल्याउनु पर्ने अन्यथा कानुन बमोजिम कारबाही हुने बताउनुभयो । 

    कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद गण्डकीका  प्रदेश  समन्वय अधिकृत  बद्री वाग्लेले  कास्कीका बालगृहहरूको बर्तमान अबस्था र चुनौतीका बारेमा जानकारी दिनुभएको थियो।  राष्ट्रिय बाल अधिकार परिषद काठमाडौको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल र स्वागत  उप प्रमुख सरिता माल तथा  सहिजकरण जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।  

    कार्यक्रममा कास्की जिल्लामा संचालित बालगृहका संचालकहरू, सरोकारवाला र नियामक निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ