काठमाडौं, वैशाख २२ । विश्वभर रहेका गैरआवासीय नेपालीहरूको साझा छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन वैशाख २० र २१ गते ऐतिहासिक सफलताका साथ सम्पन्न भएको छ । विभिन्न जटिल परिस्थितिहरू र संवेदनशील मोडहरू पार गर्दै सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै संस्थागत स्थायित्व, नीति निरन्तरता र साझा उत्तरदायित्वप्रति स्पष्ट प्रतिबद्धता जनाएको छ ।
महाधिवेशनमा विश्वभरबाट आएका प्रतिनिधिहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ व्यापक र गौरवपूर्ण बनाएको थियो । सर्वसम्मत रूपमै निर्वाचित नयाँ नेतृत्वले पारदर्शिता, समावेशिता र समन्वययुक्त सोचमार्फत "एकताबद्ध एनआरएनए" को अवधारणालाई सार्थक बनाउने अपेक्षा गरिएको छ ।
पूर्व अध्यक्ष तथा एनआरएनए एकता महाधिवेशन २०८२ का उच्चस्तरीय समिति सदस्य रबिना थापाले महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया नभई, समझदारी र सहकार्यको गहिरो अभिव्यक्ति भएको बताउँदै भनिन्, "मतभेद स्वाभाविक हो, तर विभाजन होइन समाधान खोज्ने संस्कृति नै हाम्रो विशेषता हो ।"
नव–निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ सहित सम्पूर्ण पदाधिकारी तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै थापाले सबै सदस्य, सहयोगी तथा सञ्चारकर्मीहरूलाई अभियान सफल बनाउन दिएको योगदानप्रति आभार प्रकट गरिन् । उनको कामना छ , “एनआरएनए फुटको होइन, जुटको प्रतीक बनोस्।”
.gif)




 x 450 (H) Global Pana.jpeg)


