Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सरकारको आलोचना गर्दै सांसद खान : 'रेशम चौधरीको गिरफ्तारी राजनीतिक षड्यन्त्र हो'


ग्लोबल पाना
सोमबार, वैशाख २२ २०८२
  • 1,073
    SHARES

  • images
    सरकारको आलोचना गर्दै सांसद खान : 'रेशम चौधरीको गिरफ्तारी राजनीतिक षड्यन्त्र हो'

    काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै सरकारको कडा आलोचना गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खानले सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा चौधरीलाई पक्राउ गरिएको आरोप लगाए ।

    images
    images
    images

    उनका अनुसार गत वैशाख १७ गते जनमत पार्टी र नाउपाबीच एकीकरणको प्रक्रिया अघि बढिरहेका बेला गरिएको गिरफ्तारीले मधेशी, थारू, मुस्लिम, आदिवासी तथा जनजाति समुदायको एकता र राजनीतिक समन्वयमा गम्भीर असर परेको छ । "रेशमलाल चौधरीलाई राजनीतिक षड्यन्त्रको शैलीमा पक्राउ गरिएको छ, जुन मधेशी, थारू, मुस्लिम एकता तोड्ने प्रयास हो," उनले भने, "यस घटनाले न्याय प्रणाली र राजनीतिक प्रक्रियामा पारदर्शिता र विश्वसनीयता नरहेको देखिएको छ ।"

    खानले विधिको शासनप्रति जनताको विश्वास गुमाउने खालको कार्य भएको भन्दै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे । साथै, उनले वर्तमान सरकार अंकगणितीय हिसाबले बलियो देखिए पनि जनताको प्रति जवाफदेही बन्न नसकेको टिप्पणी गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ