Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नासाले अन्तरिक्षमा मुगु र मेथी उत्पादन गर्दै


ग्लोबल पाना
बुधबार, वैशाख २४ २०८२
  • 279
    SHARES

  • images
    नासाले अन्तरिक्षमा मुगु र मेथी उत्पादन गर्दै

    काठमाडौं। भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले भविष्यमा अन्तरिक्ष यात्राको अनुहार नै बदल्न सक्ने मिसनको तयारी गरिरहेका छन्। आगामी २९ मे २०२५ मा उनीसहितको टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्नेछन्, जहाँ तिनीहरू एक्स–४ मिसनमा भाग हुनेछन्। यो मिसन नासा, इसोरो र युरिपियन यूरोपीयन स्पेस एजेन्सीसँगको साझेदारीमा भइरहेको छ।

    images
    images
    images

    शुभांशु शुक्लासँगै मिसनमा अमेरिकाका पेग्गी ह्वाइटसन, हंगेरीका टिबोर कापु र पोल्यान्डका स्लावोज उज्नान्स्की–विश्नेस्की पनि रहनेछन् । तिनीहरूको उद्देश्य अन्तरिक्षमा जीवन अर्थात मानव मात्र होइन तर बिरुवाहरूले पनि कसरी काम गर्दछ भनेर अध्ययन गर्नु मुख्य उद्देश्य हो।

    शुभांशु शुक्लाको नेतृत्वमा यो मिसनको सबैभन्दा रोचक प्रयोग हुनेछ । तिनीहरूले खासमा सलादको बीउहरू त्यसमा पनि विशेष गरी हरियो मुगु र मेथी अन्तरिक्षमा अंकुराउने प्रयास गर्नेछन्।

    प्रश्न यो छ कि यी बिरुवाहरू पनि ‘माइक्रो ग्रेविटी’मा बढ्न सक्छन कि सक्दैनन र तिनीहरूले पृथ्वीमा जस्तै बढ्नको लागि वातावरण पाउँछन कि पाउँदैनन् भनेर हेर्नु हो । यो प्रयोग अन्तरिक्षमा भारत केन्द्रित खाद्य प्रयोगहरू सञ्चालन गर्ने इशोरोको प्रयासहरूको एक हिस्सा हो। मूगु र मेथीलाई छनोट गरिएको छ किनभने तिनीहरू सामान्य भारतीय आहारको भाग मात्र होइन तर पौष्टिक र औषधीय गुणहरू पनि उत्तिकै रहेका छन्।

    इशोरोको माइक्रोग्रेविटी प्लेटफर्म एण्ड रिसर्च हेड तुषार फडनीसले भर्चुअल प्रेस मिटमा बताए कि यी बीउहरू अन्तरिक्षमा मात्र अंकुरिने छैनन्, पृथ्वीमा फिर्ता ल्याएर गहिराइमा विश्लेषण पनि गर्नेछन्।

    उनले भने, ‘हामीले मुग र मेथीको दाना अंकुराउने प्रयास गर्दैछौं। यसमा औषधीय गुण छ। यी अंकुरण भएका बीउ फर्किएपछि उनीहरूको अवस्था कस्तो छ भनेर हेर्न चाहन्छौं।’

    तर शुभांशु शुक्लाको नेतृत्वमा रहेको उक्त प्रयोगलाई लिएर वैज्ञानिकहरुको मनमा अनेकौ प्रश्न रहेका छन् । यसको जवाफ यो मिसन पूरा भएपछि थाहा हुनेछ। वास्तवमा यो प्रयोग मार्फत जानकारी सङ्कलन गरिनेछ कि पृथ्वीमा जस्तै अन्तरिक्षमा बीउ अंकुराउन सक्छ ? वा अन्तरिक्षमा उपस्थित सूक्ष्म जीवहरूले बोटबिरुवाको वृद्धिलाई असर गर्नेछ ? के तिनीहरूको पोषणको तत्व उस्तै रहनेछ ?

    यस प्रयोगको उद्देश्य अन्तरिक्ष यात्रीहरूले भविष्यमा आफ्नै ताजा खाना उत्पादन गर्न सक्छन् कि सक्दैनन भनेर बुझ्नु हो। यो विशेष गरी ती मिसनहरूका लागि महत्त्वपूर्ण छ जुन लामो अवधिको लागि हुने गरेको छ र जहाँ जमिनबाट आपूर्ति गर्न सहज सम्भव छैन। यो अवस्थालाइ परिपुर्ति गर्न बैज्ञानिकहरू अन्तरिक्षमा नै खाधान्न उत्पादन गर्ने कोशिश गरिरहेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ