काठमाडौं । बर्दियाको दिगो विकास र समृद्धिका लागि सबै बर्दियाली प्रतिनिधिहरूलाई एक ढिक्का भएर अघि बढ्न आग्रह गर्दै सांसद अब्दुल खानले सबै तहका जनप्रतिनिधिहरूबीच समन्वय र सहकार्यको खाँचो औँल्याएका छन्। खानले भने, “विकास राजनीतिक दलको स्वार्थको विषय होइन, यो जनताको अधिकार हो ।
बर्दियाली सांसदहरू र स्थानीय जनप्रतिनिधिहरूले साझा एजेन्डा बनाएर अघि बढे मात्र बर्दियाको समृद्धि सम्भव छ ।” उनले बर्दियामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारको विकासमा व्यापक सम्भावना रहेको उल्लेख गर्दै सरकारले नजरअन्दाज गरिरहेकाले सबै सांसदहरू मिलेर नीति निर्माणमा दबाब सिर्जना गर्नुपर्ने बताए ।
खानले बर्दियाका जनप्रतिनिधिहरूलाई पार्टीगत सोचभन्दा माथि उठेर जिल्लाको विकासलाई पहिलो प्राथमिकतामा राख्न पनि अनुरोध गरे। “बर्दियाको भौगोलिक, सामाजिक र आर्थिक अवस्था अध्ययन गरेर वैज्ञानिक योजना निर्माण गरौं, अनि मात्र हामी समृद्ध बर्दिया निर्माण गर्न सक्छौं,” उनले जोड दिए ।
बर्दियाको प्रमुख समस्याहरु सदनलाई जानकारी गराउदैं, मानव र वन्यजन्तु विचको समस्या, आधुनिक अस्पताल, यातायात कार्यालय नहुनु, कृष्णासार क्षेत्रको संरक्षण, आत्मा हत्या हुने, किसान र सिमाको समस्या समाधान गर्न खानले सरकारसँग माग गरेका छन ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


