Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

लोक गीत “राख मनैमा” ले छोटो समयमा चर्चा बटुल्दै


बिहीबार , वैशाख २५ २०८२
  • 755
    SHARES

  • images
    लोक गीत “राख मनैमा” ले छोटो समयमा चर्चा बटुल्दै

    काठमाडौं । चर्चित गायिका शान्तिश्री परियार र गायक शिवम् भण्डारीको आवाज रहेको नयाँ लोक आधुनिक गीत ‘राख मनैमा’ को म्युजिक भिडियोले सार्वजनिक भएको केही दिनमै चर्चा बटुल्दै । च्यानलमा 0 सब्सक्राइबर हुदा राखिएको यो भिडियो ले १ हप्तामा ६५ हजार भिउज प्राप्त गरेको छ । गितमा रहेका टिपिकल शब्द , संगीत , स्वर र अभिनय सबै पछ्य दर्शक स्रोताले मन पराई दिएको युटूब कमेन्ट बक्समा इस्पस्ट देख्न सकिन्छ।

    images
    images
    images

    ललितपुरको रमणीय लेले क्षेत्रका विभिन्न स्थलहरूमा छायांकन गरिएको म्युजिक भिडियोमा मोडल तथा कलाकार दिवस नाथ र जुना विश्वकर्माको अभिनय रहेको छ । साथमा डेढ दर्जनभन्दा बढी कोरस कलाकारहरूको सहभागिता रहेको छ, जसले गीतलाई थप जीवन्त बनाएको छ। भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् । दिवस नाथ र शिवम् भण्डारीले संयुक्त रूपमा लेखेको गीतमा लय शिवम् भण्डारी नै दिएका छन् ।

    प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको यस गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ श्याम स्वेत रसाईलीले गरेका हुन् । गीतको म्युजिक भिडियो मोडल ”दिवस नाथ” नामको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ