काठमाडौं, टाेखा । टोखा नगरपालिका–३ वडा कार्यालयको आयोजनामा ‘बाद्यवादन प्रशिक्षण कार्यक्रम’ सुरु गरिएको छ । स्थानीय सांस्कृतिक कला प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको तालिममा हार्मोनियम, तबला लगायत परम्परागत बाजाहरूमा प्रशिक्षण दिइँदैछ। कार्यक्रमको उद्घाटन वडा अध्यक्ष रमेश डंगोलले गरेका थिए। अध्यक्ष डंगोलले सांगीतिक कला सशक्तिकरणले स्थानीय समुदायमा आत्मविश्वास बढाउने र सांस्कृतिक जरा बलियो बनाउने विश्वास व्यक्त गरे ।
वडा सचिव सानू श्रेष्ठ र वडा सदस्य शान्ता राईको पनि कार्यक्रममा सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वडा सदस्य शान्ता राईले भनिन्, “हाम्रा गाउँघरमा लोप हुँदै गएका परम्परागत बाजाहरूलाई बचाउन यस्ता तालिमले ठूलो भूमिका खेल्छ। महिलाहरूको पनि ठूलो सहभागिता हुनु सकारात्मक पक्ष हो ।” त्यस्तै वडा सचिव सानु श्रेष्ठले भने, “वडाले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक र सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै जान्छ। हाम्रो उद्देश्य वडाका सबै वर्ग र समुदायलाई समेट्ने हो ।”
स्थानीय प्रशिक्षकहरूको सहकार्यमा सञ्चालन गरिएको तालिममा महिला तथा युवा सहभागिता उल्लेखनीय देखिएको छ। प्रशिक्षणका लागि आवश्यक सामग्री वडाले उपलब्ध गराएको हो । सहभागीहरूले तालिमबाट सांगीतिक ज्ञानसँगै व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।
कार्यक्रम २०८२ साल वैशाख २५ गतेदेखि केही दिनसम्म सञ्चालन गरिनेछ। आयोजक टोखा नगरपालिका वडा नं. ३ ले आगामी दिनमा यस्ता सिर्जनात्मक कार्यक्रमहरू निरन्तरता दिने जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


