Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बाल अधिकारप्रति संवेदनशील अध्यक्ष पौडेलः टाेखा ६ सुन्दरवस्तीमा दुई वाल क्लव स्थापना


ग्लोबल पाना
आइतबार, वैशाख २१ २०८२
  • 142
    SHARES

  • images
    बाल अधिकारप्रति संवेदनशील अध्यक्ष पौडेलः टाेखा ६ सुन्दरवस्तीमा दुई वाल क्लव स्थापना

    टोखा, काठमाडौं । टोखा नगरपालिका वडा नं. ६ अन्तर्गतको सुन्दरवस्ती टोलमा शनिबार बिहान बाल भेला गरी दुई वटा समुदायस्तरीय वाल क्लव गठन गरिएको छ । बाल अधिकार संरक्षण र बालबालिकाको सिर्जनात्मक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ग्रिनल्याण्ड वाल क्लव र हरियाली वस्ती वाल क्लवको औपचारिक गठन गरिएको हो ।

    images
    images
    images

    गठन कार्यक्रमका अवसरमा नवगठित दुवै वाल क्लवका पदाधिकारीहरुलाई वडा अध्यक्ष शान्ता पौडेलले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले बालबालिकाको क्षमता अभिवृद्धि, नेतृत्व विकास र सहभागितामूलक क्रियाकलापमा वाल क्लवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    क्लव गठन कार्यक्रममा स्थानीय अभिभावक, टोलवासी तथा सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको थियो । वाल क्लव गठन कार्यमा योगदान पुर्‍याउने सम्पूर्ण अभिभावक तथा टोलवासीप्रति वडा अध्यक्ष पौडेलले धन्यवाद ज्ञापन गर्नुभयोल।

    बाल क्लवमार्फत बालबालिकालाई सामाजिक उत्तरदायित्व, सहकार्य र सशक्तिकरणको वातावरण तयार पार्ने अपेक्षा गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ