काठमाडौं । विदेशी शिक्षासम्बन्धी परामर्श सेवा क्षेत्रमा दशकभन्दा बढीको अनुभव बोकेका राजेन्द्र कुमार लेखकले स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (FECON) को कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । आगामी २७ बैशाख २०८२ मा हुने निर्वाचनलाई लक्षित गर्दै उनले “कर्ममा विश्वास गर्ने नेतृत्व” का साथ अघि बढ्ने दृढता व्यक्त गरेका छन् ।
उत्साहपूर्वक उम्मेदवारी घोषणा गर्दै लेखकले भने, “मैले विदेशी विद्यार्थीको रूपमा अनुभव गरेको हरेक आरोह–अवरोह, संघर्ष र सम्भावनालाई नजिकबाट महसुस गरेको छु । त्यही अनुभूति र सिकाइका आधारमा, म परामर्श सेवामा पारदर्शिता, नैतिकता र विद्यार्थी–केन्द्रित सोचलाई संस्थागत गर्न दृढसंकल्पित छु ।”
उनको अभियान विद्यार्थीको सपना साकार पार्ने संस्कृतिको निर्माणतर्फ केन्द्रित छ । “आजको आवश्यकता मात्र सेवा दिने होइन सही मार्गदर्शन, समर्पण र उत्तरदायित्वका साथ विद्यार्थीको सपना पूरा गर्न सघाउने संस्कृति निर्माण गर्नु हो,” लेखकको भनाइ छ । उनी परामर्शदाताहरूको क्षमता अभिवृद्धि, गुणस्तरीय शिक्षामा पहुँच विस्तार, र पेशागत मापदण्डको सुदृढीकरणलाई आफ्नो प्राथमिकता बनाउने बताउँछन् ।
“हाम्रो एक मत, हाम्रो साझा भविष्यको आधार हो,” भन्दै उनले सबैलाई नयाँ नेतृत्वको पक्षमा एकजुट हुन आह्वान गरेका छन् । FECON को यो निर्वाचन शैक्षिक परामर्श क्षेत्रको विश्वसनीयता र उत्तरदायित्व कायम गर्नेतर्फ महत्त्वपूर्ण मोड सावित हुने विश्वास गरिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


