Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जनताको जीवन सहज बनाउन सरकार प्रतिबद्ध छ, व्यवस्था परिवर्तनमा समय लाग्छ : मन्त्री सिंह


ग्लोबल पाना
शनिबार, वैशाख २७ २०८२
  • 366
    SHARES

  • images
    जनताको जीवन सहज बनाउन सरकार प्रतिबद्ध छ, व्यवस्था परिवर्तनमा समय लाग्छ : मन्त्री सिंह

    काठमाडौं । उपप्रधान एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली जनताको जीवन सहज गर्ने लक्ष्य पूरा गर्नको लागि सरकार अगाडि बढिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पानी शुद्धिकरण प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताको जीवनस्तर उकास्ने हिसाबमा सरकार अगाडि बढेको भन्दै देशको व्यवस्था परिवर्तन गर्न केही समय लाग्ने बताएका हुन् ।

    images
    images
    images

    उनले भने, ‘म विनम्रताका साथ के भन्न चाहान्छु भने हामी यो राजनीतिमा किन लागि रहेका छौँ, भने देश र जनताको राम्रो होस् । यो आम नेपाली जनताको चाहाना भनेको हरेकको जीवन सहज हुनुपर्यो भन्ने छ त्यो लक्ष्य पूरा गर्नको लागि हामी अगाडि बढिरहेका छौँ । तर देशको व्यवस्था परिवर्तन गर्नको लागि समय लाग्छ । छिटो होस् भन्ने सबैको चाहाना हो, तर अहिलेको अवस्थाभन्दा राम्रो अवस्थामा पुग्नको लागि समय लाग्छ । अवस्था परिवर्तन भएपनि व्यवस्था परिवर्तन भएन भन्नेहरुले बोल्ने पाउने अधिकार कहाँबाट पायो त्यो पनि सोच्नु पर्छ ।’

    यस्तै, उनले योजनाहरु दिगो हुन बनाउनको लागि सरकारको मुख मात्र हेर्ने होईन आफ्नो तर्फबाट पनि पहल गर्नुपर्ने बताए । उनले भने, ‘योजनाहरु दिगो हुनको लागि संघीय सरकार, प्रदेश सरकार, नगरपालिकाको मात्र मुख ताकेर हुँदैन् । त्यसमा आफ्नो ठाँउबाट गर्नुपर्ने काम पनि गर्नुपर्छ । समुदायको लागि बनेको छ भने, त्यो समुदायबाट गर्न सक्ने कामहरु गर्नुपर्छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ