Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जुजु धौमा टिस्यु पेपर मिसावटको हल्ला गलत : खाद्य विभागको स्पष्टिकरण


ग्लोबल पाना
सोमबार, वैशाख २९ २०८२
  • 944
    SHARES

  • images
    जुजु धौमा टिस्यु पेपर मिसावटको हल्ला गलत : खाद्य विभागको स्पष्टिकरण

    काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको विभिन्न स्थानमा उत्पादन हुने मौलिक उत्पादन जुजु धौ गुणस्तरीय रहेको प्रष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै गहन रुपमा गरिएको परीक्षणको क्रममा जुजु धौमा कुनै पनि प्रकारको बाह्य पदार्थ वा अखाद्य पदार्थ समिश्रण नभएको पाइएको जानकारी दिएको छ ।

    images
    images
    images

    केहि समय यतादेखि विभिन्न सामाजिक सञ्जालमार्फत केहि समूहले जुजु धौ दहीमा टिस्यु पेपर, कागज, पानीमा नघुल्ने पदार्थहरु समिश्रण गरेको भन्दै भ्रम छर्ने गतिविधि भइरहेको जनाउँदै विभागले त्यस्तो भ्रमको पछि नलाग्न र भ्रमसमेत नछर्न आग्रह गरेको छ । विभाग, जिल्ला प्रशासन कार्यालय भक्तपुर, भक्तपुर नगरपालिका, पत्रकार महासंघका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासीस्थित लक्ष्मी दही भण्डार, सैंजु दुग्ध उद्योग लगायतका डेरी तथा जुजुधौ उत्पादन तथा विक्री वितरण गर्ने उद्योगहरुको निरीक्षण तथा अनुगमन गरेको थियो ।

    ‘अनुगमनको क्रममा अनुगमन टोलीले स्थलगत रुपमै दहीमा अखाद्य वस्तुहरु टिस्यु पेपर, कागज, पानीमा नघुल्ने पदार्थहरु मिसिएको वा नमिसिएको परिक्षण गरिएको थियो,’ विभागका वरिष्ठ अनुसन्धान अधिकृत सुमन धितालले भने, ‘स्थलगत परिक्षणवाट उत्पादन भएका जुजु धौ दहीमा सामाजिक संजालमा भ्रम छरिएको जस्तो टिस्यु पेपर, कागज, पानीमा नघुल्ने पदार्थलगायतका कुनै पनि प्रकारको कैफियत भेटिएको छैन ।’

    अनुगमन टोलीले दही उद्योगहरुको उत्पादन स्थल, विक्री वितरण कक्ष, विक्री वितरणको लागि तयारी अवस्थामा रहेका जुजु धौका उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थहरुको समेत अध्ययन गरेको थियो । अध्ययनको क्रममा कुनै पनि प्रकारको कैफियत नभेटिएको विभागको भनाई छ ।

    भ्रामक तथा तथ्यहिन भिडियोहरु सामाजिक सञ्जालमा पोस्ट गर्दा उद्योगलाई नकारात्मक असर पुर्याउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकुल प्रभाव पर्ने भएकाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सजग र सचेत हुनुपर्ने विभागले जनाएको छ ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ