Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

तीन सिफ्टमा काम गरेर नागढुंगा–मुग्लिन सडकको काम चाँडो सकाउन माग


ग्लोबल पाना
मंगलबार, वैशाख ३० २०८२
  • 352
    SHARES

  • images
    तीन सिफ्टमा काम गरेर नागढुंगा–मुग्लिन सडकको काम चाँडो सकाउन माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले नागढुंगा–मुग्लिन सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको भन्दै आपत्ति जनाएका छन्।

    images
    images
    images

    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुने सम्भावना देखिएकाले सम्बन्धित निकायसँग छलफल र संवाद गरेर तीन सिफ्टमा चाँडो निर्माण कार्य अगाडि बढाउन माग गरे।

    उनले भने,‘प्रधानमन्त्री र मन्त्रीहरु हवाइजहाज र हेलिकप्टरहरुमा सवार हुने हुँदा सडकको अवस्था थाहा हुने कुरै भएन। नागढुंगादेखि मुग्लिनसम्मको सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको छ।

    यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुने सम्भावना देखिएकाले बेलैमा ठेकेदार र सम्बन्धित कम्पनीहरुसँग छलफल र संवाद गरेर तीन सिफ्टमा कामगरी बर्खा अगावै जोखिम कम हुनेगरी काग गराउन सरकारसँगको गम्भीर ध्यानाकर्षण गराउँछु।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ