काठमाडौं । नेपाली गीतसंगीतमा नयाँ भावनात्मक सिर्जना ‘गाउँ बस्ती सुनसान’ सार्वजनिक भए सगै चर्चा बटुल्न सफल भएको छ ।
दिप गुरुङकाे निर्देशन र स्वरूप राज आचार्यको सुमधुर आवाजमा प्रस्तुत यो गीत दिप गुरुङ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । गीतमा समाजका मौन पीडा, गाउँबस्तीको सुनसान अवस्था र तिनका पछाडि लुकेका यथार्थहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। यस गीतका शब्द सशक्त समाजसेवी तथा सर्जक दुर्गालाल श्रेष्ठले लेखेका हुन्।
गोरखा जिल्लामा जन्मिएका श्रेष्ठ समाजप्रतिको गहिरो सरोकार बोकेका व्यक्तित्व हुन्। साहित्य, सामाजिक चेतना र मानवीय संवेदनाका विषयमा निरन्तर सक्रिय उनी, गीतमार्फत पनि सामाजिक यथार्थ प्रस्तुत गर्न रुचाउने सर्जकका रूपमा परिचित छन्। उनका शब्दमा गहिरो अनुभूति र विचारको समिश्रण पाइन्छ, जसले यो गीतलाई अझ प्रभावशाली बनाएको छ। गायनमा स्वरूप राज आचार्य र दिप गुरुङको भावपूर्ण प्रस्तुति तथा सन्तुलित संगीत संयोजनले गीतलाई अझ मनमोहक बनाएको छ।
सार्वजनिक भएको केही समयमै श्रोताले गीतप्रति गहिरो भावनात्मक प्रतिक्रिया जनाएका छन्, जसले नेपाली गीतसंगीतमा यस्ता संवेदनशील सिर्जनाको गहिरो प्रभाव देखाउँछ। गीतको संगीत संयोजन, भिडियो सम्पादन र प्रस्तुतीकरण पनि आकर्षक ढंगले गरिएको छ । दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको गीतले विशेषगरी ग्रामीण जीवनप्रति सहानुभूति र सोचको खाडललाई उजागर गर्न खोजेको छ ।
‘गाउँ बस्ती सुनसान’ नेपाली गीत–संगीतप्रेमीका लागि अर्को संवेदनशील र गहकिलो सिर्जना बन्ने अपेक्षा गरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


