Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मनास्लु कलेजका प्रमुख श्रेष्ठ क्याम्ब्रिजको ग्लोबल लिडरशिप कार्यक्रममा प्रतिनिधि चयन


ग्लोबल पाना
सोमबार, जेठ ५ २०८२
  • 462
    SHARES

  • images
    मनास्लु कलेजका प्रमुख श्रेष्ठ क्याम्ब्रिजको ग्लोबल लिडरशिप कार्यक्रममा प्रतिनिधि चयन

    काठमाडौं । काठमाडौंको चाविहल चुच्चेपाटीमा रहेको मनास्लु वल्र्ड कलेजमा क्याम्पस प्रमुख राजन श्रेष्ठ युनिभर्सिटी अफ क्याम्ब्रिज, बेलायतको क्लेयर कलेजमा हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा आंशिक छात्रवृत्तिसहित प्रतिनिधिको रूपमा चयन भएका छन् ।

    images
    images
    images

    कार्यक्रम सन् २०२५ अगस्ट २६ देखि ३० सम्म सञ्चालन हुने छ । शिक्षासेवीसँगै सामाजिक अभियन्तासमेत रहेका श्रेष्ठले आफूलाई प्रदान गरिएको यो राम्रो अवसर भएको बताएका छन् । ग्लोबल बिजनेस सिम्पोजियमद्वारा आयोजित उक्त कार्यक्रमले विश्वका उद्यमी, नेतृत्वकर्ता तथा पेशागत विज्ञहरूलाई एकै स्थानमा ल्याएर नेतृत्व, रणनीति, संगठन व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमा केन्द्रित प्रशिक्षण प्रदान गर्ने उद्देश्य राखेको छ ।

    श्रेष्ठलाई आयोजक संस्थाले उनको क्षमता, सामाजिक योगदान, नेतृत्व कौशल र दीर्घकालीन लक्ष्यहरूका आधारमा छनोट गरिएको जानकारी दिएको छ । कार्यक्रम अवधिभर सहभागीहरूले कार्यशाला, प्रशिक्षण सत्र र नेटवर्किङ अवसरमार्फत ज्ञान तथा अनुभव आदानप्रदान गर्ने छन् ।

    प्रतिनिधिका रूपमा श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रचार सामग्री तयार गर्नुका साथै सहभागितापश्चात भिडियो तथा लिखित प्रतिवेदन पेश गर्नुपर्ने छ । श्रेष्ठले आफूले त्यहाँ सिकेको सीप र ज्ञानलाई नेपालमा आएर लागू गर्ने पनि बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ