Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो : अध्यक्ष प्रचण्ड


ग्लोबल पाना
सोमबार, जेठ ५ २०८२
  • 549
    SHARES

  • images
    मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो : अध्यक्ष प्रचण्ड

    दैलेख, जेठ ५ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्ष गर्नुभएको छ। माओवादी केन्द्र जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टिम सहभागी भयो।

    images
    images
    images

    कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज तथा पत्रकार महासंघका प्रतिनिधिहरूले जिल्लाको विकास, पूर्वाधार, पर्यटन तथा उद्योग प्रवर्द्धनसम्बन्धी आफ्ना धारणा प्रस्तुत गरेका थिए। कार्यक्रममा उद्योग वाणिज्य संघ, दैलेखले जिल्लाका प्राथमिक आवश्यकतासहितको मागपत्र अध्यक्ष प्रचण्डसमक्ष बुझाउँदै, मध्यपहाडी लोकमार्ग अभियान अघि बढाएकोमा कृतज्ञता व्यक्त गरेको थियो। सहभागीहरूले उक्त अभियानले दैलेखको विकास सम्भावनालाई मूर्तरूप दिन मद्दत गर्ने विश्वास व्यक्त गरे।

    अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “यहाँको विकास र समृद्धिमा देखिएको दलहरूको एकता उदाहरणीय छ। यो अभियान अब माओवादीको मात्र होइन, सबै दलहरूको साझा अभियान बनेको छ। यहाँ उठेका माग र अनुभवहरू राष्ट्रिय तहमा सशक्त रूपमा प्रस्तुत गरिनेछ।” उहाँले राजनीतिक दल, व्यवसायी, पत्रकार, कर्मचारी सबैको सक्रियताले अभियान सर्वपक्षीय बनेको उल्लेख गर्दै अभियानलाई थप गतिशील बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको बताउनुभयो।

    दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले उक्त खण्ड सबैभन्दा लामो भएको बताउनुभयो। उहाँले उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यवसायिक तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ अघि सारिएको स्पष्ट गर्नुभयो। “मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्दै पहाडी क्षेत्रमा व्यवस्थित सहर निर्माण तथा पर्यटन र उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “तर, वैदेशिक रोजगारी र बसाइसराइको क्रम यथावत् रहनु चिन्ताको विषय हो।”

    उहाँले दैलेख पेट्रोलियम खानीको सम्भावना बोकेको जिल्ला रहेको उल्लेख गर्दै उक्त अन्वेषणको थालनी माओवादी नेतृत्वको सरकारका पालामा भएकोमा गौरव व्यक्त गर्नुभयो। “अनुसन्धानका लागि नमूना चीन पठाइएको छ भन्ने जानकारी पाएको छु,” उहाँले भन्नुभयो, “यसबारे थप जानकारी लिन म काठमाडौं फर्केपछि चिनियाँ पक्षसँग छलफल गर्नेछु।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ