गैंडाकोट–२, नवलपुर – गैंडाकोट–२ निवासी फिरोज मियाँले आफ्नो पहिलो सैलुनको सफलतापछि दोस्रो सैलुन सुरु गरेका छन्। पेशाले सैलुन व्यवसायी रहेका मियाँले स्थानीय समुदायमा उत्कृष्ट सेवाका कारण पहिचान बनाएका छन्।
फिरोज मियाँका अनुसार पहिलो सैलुनमा दिनहुँ धेरै ग्राहक आउने गरेका कारण सबैलाई सेवा दिन कठिन भएको थियो। “ग्राहकहरू बढ्दै गएपछि एउटै सैलुनबाट सबैलाई सेवा दिन सकिएन,” उनले भने, “त्यसैले अर्को सैलुन खोल्ने निर्णय गरियो।”
दोस्रो सैलुनमा पनि पहिलोजस्तै गुणस्तरीय सेवा दिने लक्ष्य रहेको मियाँले बताएका छन्। यस सैलुनमार्फत स्थानीय युवाहरूलाई रोजगारीको अवसर समेत मिलेको छ।
फिरोज मियाँको सफलता गैंडाकोटलगायत नवलपुर क्षेत्रका साना व्यवसायीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। उनले प्रमाणित गरेका छन् कि इमान्दारिता, मिहिनेत र ग्राहकप्रति समर्पणले परम्परागत पेशामा पनि व्यवसायिक उचाइ हासिल गर्न सकिन्छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


