ललितपुर, वैशाख १० । नेपालमा पशु कल्याणको आवश्यकता र महत्वबारे आयोजित अन्तर्क्रिया कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले आगामी दुई महिनाभित्र पशु कल्याण ऐन जारि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
स्नेहाज केयरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मन्त्री अधिकारीले अबोध जनावरलाई न्याय सुनिश्चित गर्न पशु कल्याण ऐन अपरिहार्य भएको स्पष्ट पार्दै, मन्त्रालयले सो ऐनको तयारी अन्तिम चरणमा पुर्याएको जानकारी दिनुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले पनि संघीय ऐन जारी भएपछि स्थानीय तहमा समेत ऐन ल्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले वर्षे वा हिँउदे अधिवेशनमा ललितपुर महानगरपालिका अन्तर्गतको स्थानीय पशु कल्याण ऐन ल्याउने घोषणा गर्नुभयो ।
स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले भन्नुभयो, "यो प्रतिवद्धता पशु कल्याण आन्दोलनमा संलग्न हामी सबैका लागि ऐतिहासिक उपलब्धि हो । जनावरहरूलाई पीडामुक्त जीवन जिउन पाउने आधार प्रदान गर्न कानुनी संरचना निर्माण गर्नु अत्यावश्यक थियो । हामी मन्त्रीज्यूको प्रतिवद्धतालाई स्वागत गर्छौं र ऐनको प्रभावकारी कार्यान्वयनमा समेत ध्यान दिन सबै सरोकारवालासँग आग्रह गर्दछौं ।"
अन्तर्क्रियामा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका अध्यक्ष तथा पूर्वसचिव डा. योगेन्द्र कुमार कार्की, सांसद, कानुनविद, मन्त्रालयका उच्च पदाधिकारी, पशु कल्याण अभियन्ता तथा सञ्चारकर्मीहरुको वाक्लाे उपस्थिति थियो ।
स्नेहाज केयरले उपस्थित सम्पूर्ण विशिष्ट अतिथिहरुप्रति कृतज्ञता व्यक्त गर्दै, पशु कल्याणको क्षेत्रमा यो महत्वपूर्ण कदमले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


