टोखा, काठमाडौं । टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीतिगत सुझाव तथा कार्यक्रम संकलनका उद्देश्यले विभिन्न सरोकारवालासँग परामर्श कार्यक्रम सम्पन्न गरेको छ । टोखा वडा कार्यालयमा शनिबार बिहान ७ बजेबाट सुरु भएको उक्त कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, योजना विज्ञ, टोल विकास संस्था, आमा समूह, उपभोक्ता समिति, युवा क्लब, वडा बासी आम नागरिकहरू, संघ संस्था लगायतका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष शान्ता पौडेलले भन्नुभयाे, “विकासको योजना तल्लो तहबाट सुरु हुनु आवश्यक छ । हामी यो कार्यक्रममार्फत सबै वर्ग, समुदाय र सरोकारवालाको आवाजलाई समेटेर आगामी वर्षका लागि समावेशी र प्रभावकारी नीति तथा कार्यक्रम तयार गर्न चाहन्छौं ।” उहाँले जनप्रतिनिधिको सफलताको मापन योजनाको मात्र नभई कार्यान्वयन र जनसन्तुष्टिबाट हुने उल्लेख गर्दै जनसरोकारका विषयमा सबैको सुझाव अमूल्य हुने बताउनु भयाे ।
टोखा नगरपालिका वडा नं ६ ले यसरी सरोकारवाला समावेश गरी आयोजना गरेको नीति सुझाव संकलन कार्यक्रम स्थानीय स्तरमा सहभागीता र उत्तरदायित्व सुनिश्चित गर्ने उदाहरणीय अभ्यासको रूपमा हेरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


