Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नार्कको नेतृत्वमा डा. तिम्सिना : स्मार्ट कार्यकारी निर्देशकको आगमन


ग्लोबल पाना
मंगलबार, जेठ १३ २०८२
  • 426
    SHARES

  • images
    नार्कको नेतृत्वमा डा. तिम्सिना : स्मार्ट कार्यकारी निर्देशकको आगमन

    काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद नार्कले पायो स्मार्ट कार्यकारी निर्देशकमा डा. कृष्ण प्रसाद तिम्सिना। डा. तिम्सिना भन्छन नार्कलाई नयाँ उचाईमा पु–याउँछु। नेपाल कृषि अनुसन्धान परिषद नार्कको कार्यकारी निर्देशकमा डा. कृष्ण प्रसाद तिम्सिना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले तिम्सिनालाई कार्यकारी निर्देशक नियुक्ती गरेको हो। नार्कको कार्यकारी निर्देशकका लागि १८ जनाले आवेदन दिएका थिए । विज्ञहरुले दिने अंकका आधारमा तिम्सिनाले सबैभन्दा धेरै अंक ल्याएका थिए। इकोनमिक खवरसंग सक्षिप्त कुरा गर्दे तिम्सिनाले नार्कलाई नयाँ उचाईमा पु–याउने बताए । सबै संगको समन्वयमा अघि बढ्ने उनको भनाई थियो । लथालिङ रहेको संस्थाको नेतृत्वमा सक्षम नेतृत्व आएको भन्दै कर्मेचारीहरु उत्साहित भएका छन् । तिम्सिना यस अघि नार्क अन्तर्गतको राष्ट्रिय कृषि निति अनुसन्धान केन्द्रको प्रमुखको जिम्बेवारीमा थिए । कृषि अर्थशास्त्रका विभिन्न बिधामा बिगत २० वर्ष भन्दाबढि अनुसन्धान र विकासको अनुभव डा. तिम्सिनालाई छ। तिम्सिनाले थाईल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २०१५ मा विध्याबारिधि गरेका थिए। त्यस्तै विभिन्न प्रख्यात कृषि तथा अनुसन्धानमा विश्वका उत्कृष्ठ छात्रवृत्ति जस्ता वैश्विक प्रतिस्पर्धाबाट छनौट भई विद्यावारिधिपछिको अनुसन्धान, अष्ट्रेलियाको चार्ल्स स्टर्ट युनिभर्सिटी र अमेरिकाको न्यु मेक्सिको स्टेट युनिभर्सिटीबाट गरेका थिए । उनको यो शैक्षिक र अनुसन्धानको अनुभवले पक्कै पनि नार्कलाई एउटा उचाईमा पुर्याउने छ।

    images
    images
    images

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ