Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नागरिक अधिकार कुण्ठनको चेतावनीसहित युवा गैरसरकारी संस्था महासंघ नेपालको पत्रकार सम्मेलन सम्पन्न


ग्लोबल पाना
बुधबार, जेठ १४ २०८२
  • 494
    SHARES

  • images
    नागरिक अधिकार कुण्ठनको चेतावनीसहित युवा गैरसरकारी संस्था महासंघ नेपालको पत्रकार सम्मेलन सम्पन्न

    काठमाडौं, जेठ १३ । गृहमन्त्री रवी लामिछानेको अभिव्यक्तिले नागरिक अधिकार कुण्ठित गर्ने खतरा रहेको भन्दै युवा गैरसरकारी संस्था महासंघ नेपाल (Youth NGO Federation Nepal) ले आज अनामनगर युनियन हाउस, काठमाडौं मा पत्रकार सम्मेलन सम्पन्न गरेकाे छ ।

    images
    images
    images

    महासंघले विभिन्न सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रहरूमा युवाको सशक्त सहभागिता सुनिश्चित गर्ने काम गर्दै आएको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक प्रशासनको सुधारको नाममा नागरिक अधिकार कुण्ठित हुने गरी गरेको निर्णय र गृहमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै महासंघले आवाज उठाउने निर्णय गरेको हो ।

    महासंघका अध्यक्ष नारायण गिरीले हालैको मन्त्रिपरिषद् बैठक र गृहमन्त्रीको सार्वजनिक अभिव्यक्तिले राज्य संयन्त्रमा युवा, नागरिक समाज र स्वतन्त्र संस्थाहरूको भूमिकालाई कमजोर पार्ने संकेत देखिएको बताए । उनले भने, "लोकतन्त्रमा आलोचना, प्रश्न र सार्वजनिक बहस लोकतान्त्रिक मूल्यका आधार हुन् । गृहमन्त्रीको भनाइले नागरिक समाज र स्वतन्त्र सञ्चारमाध्यमप्रति असहिष्णुताको संकेत दिन्छ, जुन गम्भीर विषय हो ।"

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ