काठमाडौं । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ भव्य रूपमा सम्पन्न भएको छ। यही जेठ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तारकेश्वर नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै ३९ स्वर्ण पदकसहित पुनः च्याम्पियन बन्न सफल भएको हो ।
यसअघि १३औं संस्करणमा पनि पहिलो स्थान हासिल गरेको तारकेश्वरले लगातार दोस्रो पटक उपाधि रक्षा गरेको हो। ६६ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा तारकेश्वरले निकटतम प्रतिस्पर्धी गोकर्णेश्वर नगरपालिकालाई ठूलो अन्तरले पछि पार्दै विजयी भएको हो। गोकर्णेश्वरले दोस्रो र चन्द्रागिरी नगरपालिकाले तेस्रो स्थान हासिल गरेका छन् ।
प्रतियोगिताको समापन समारोह तारकेश्वर नगरपालिकाकी उप-प्रमुख श्रीमती सृजना बुर्लाकोटी अर्यालको अध्यक्षतामा सम्पन्न भयो । प्रमुख अतिथि काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी रहेका थिए । कार्यक्रममा शिक्षा प्रमुख पदम खत्री, प्रतियोगिता संयोजक राजेन्द्र तिमिल्सिना, विभिन्न खेल संयोजक, नगर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्की, प्रधानाध्यापक, शिक्षक, प्रशिक्षक, कर्मचारी, पत्रकार र खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समापन समारोहमा बोल्दै उप-प्रमुख बुर्लाकोटीले विजेता खेलाडीहरूलाई बधाई दिँदै आगामी १५औं संस्करणका लागि पनि अहिले देखिनै तयारी गर्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख कृष्णहरि महर्जन कार्य व्यस्तताका कारण उपस्थित हुन नसकिए पनि उहाँले सम्पूर्ण खेलाडीहरूलाई तारकेश्वर नगरपालिका परिवारको तर्फबाट शुभकामना पठाउनु भएको उप-प्रमुख बुर्लाकोटीले जानकारी दिनुभयो ।
विजेता खेलाडीहरूलाई प्रमुख अतिथि भाइकृष्ण बलामी र उप-प्रमुख सृजना बुर्लाकोटी अर्यालले पदक वितरण गरेका थिए। तारकेश्वर नगरपालिका परिवारले सम्पूर्ण विजेता खेलाडी, प्रशिक्षक तथा खेल संयोजकहरूलाई हार्दिक बधाई व्यक्त गरेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


