Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

वरिष्ठ उपाध्यक्ष खांनको पहलमा विदेशमा अलपत्र परेका साहको उद्धार, १५ दिनमै फर्काइयो नेपाल


ग्लोबल पाना
शुक्रबार, जेठ १६ २०८२
  • 1,044
    SHARES

  • images
    वरिष्ठ उपाध्यक्ष खांनको पहलमा विदेशमा अलपत्र परेका साहको उद्धार, १५ दिनमै फर्काइयो नेपाल

    माननीय खांनको नेतृत्वमा यसअघि पनि कतार, साउदी, मलेसिया, दुबई लगायत विभिन्न खाडी मुलुकबाट ४० भन्दा बढी श्रमिकहरूलाई पटकपटक उद्धार गरिसकिएको छ।

    काठमाडौं । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष माननीय अब्दुल खांनको सक्रिय पहलमा साउदी अरबमा गम्भीर अवस्थामा अलपत्र परेका प्रमोद कुमार साहलाई करिब १५ दिनको प्रयासमा नेपाल फर्काइएको छ। धनुषा जिल्लाका साह ५ महिनाअघि साउदीमा कार दुर्घटनामा परी गम्भीर अवस्थामा पुगेका थिए । आर्थिक र कानुनी समस्या झेलिरहेका उनको उद्धारका लागि परिवारले महिनौंसम्म सरकारका विभिन्न निकायमा गुहार गर्दा पनि कुनै सुनुवाइ भएको थिएन ।

    images
    images
    images

    सिंहदरबारदेखि दलका शीर्ष नेताहरू, मन्त्रीसम्म धाउँदै थाकेका साहका परिवारले अन्ततः जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष खांनलाई भेटेपछि मात्र राहतको आशा देखेका थिए। श्रम तथा आप्रवासनसम्बन्धी विषयमा गहिरो चासो राख्दै आउनुभएका खांनले तत्कालै निर्देशन दिई साउदीस्थित नेपाली राजदूतावाससँग समन्वय गरी प्रक्रिया अघि बढाएका थिए। माननीय खांनका स्वकीय सचिव ई. अतिउल्लाह मुसलमान (आश्मिर) का अनुसार, “यो कुनै एकमात्र घटना होइन। खांनज्यूको नेतृत्वमा अहिलेसम्म कतार, साउदी, मलेसिया, दुबईलगायतका खाडी मुलुकबाट ४० भन्दा बढी नेपाली श्रमिकहरूको सफल उद्धार भइसकेको छ।”

    नेपाल सरकारका निकायहरूले बेवास्ता गरेका पीडितहरूका पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएका खांनको मानवीय पहलले संकटमा परेका नेपाली श्रमिकहरूलाई आशा र सम्बल दिएको छ। प्रमोद साहजस्ता दर्जनौं श्रमिक खांनको सक्रियताले पुनः आफ्नो मातृभूमिमा फर्कन पाएका छन्।

    साह परिवारले वरिष्ठ उपाध्यक्ष खांन र उनको टोलीप्रति आभार व्यक्त गर्दै भनेका छन्, “हामीले जहाँजहाँ गुहार्‍यौं, सबै ठाउँबाट निराश भइयो। अन्तिम आशाका रूपमा खांनज्यूलाई भेट्दा मात्र हाम्रो पीडा सुन्ने कोही भेटियो।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ