Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बजेटपछिको प्रतिक्रिया : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको आज पत्रकार सम्मेलन


ग्लोबल पाना
शुक्रबार, जेठ १६ २०८२
  • 237
    SHARES

  • images
    बजेटपछिको प्रतिक्रिया : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको आज पत्रकार सम्मेलन

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल आज बजेट सम्बन्धी पत्रकार सम्मेलन गर्दै छन्। बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरेपछि अर्थमन्त्री पौडेलले त्यसको विस्तृत जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। अर्थ मन्त्रालयका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे मन्त्रालयको सुवर्ण हलमा हुनेछ ।

    images
    images
    images

    सम्मेलनमा नयाँ बजेटका प्रमुख अंश, त्यसको कार्यान्वयन रणनीति र प्राथमिकताबारे स्पष्टीकरण दिइने अपेक्षा गरिएको छ। सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ रहेको छ। यो चालु आर्थिक वर्षको बजेट (१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ) भन्दा ५.५८ प्रतिशतले बढी हो। यस्तै, संशोधित बजेटको तुलनामा यो १८.२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

    सरकारले बजेटमार्फत आर्थिक सुधार, रोजगारी सृजना, पूर्वाधार विकास, निजी क्षेत्रको सहभागिता र स्रोत परिचालनका बहुआयामिक योजना अघि सारेको छ। आजको पत्रकार सम्मेलनमा यी विषयमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ