Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

समयमै नसर्ने रोगको परीक्षण गरौं, दीर्घायु जीवन बाँचौं टोखा ३ मा निःशुल्क स्वास्थ्य शिविर हुने


ग्लोबल पाना
शुक्रबार, जेठ २३ २०८२
  • 361
    SHARES

  • images
    समयमै नसर्ने रोगको परीक्षण गरौं, दीर्घायु जीवन बाँचौं टोखा ३ मा निःशुल्क स्वास्थ्य शिविर हुने

    काठमाडौं । समुदायमा आधारित स्वास्थ्य परीक्षण तथा नसर्ने रोगहरू पहिचानका लागि टोखा नगरपालिका वडा नं. ३ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिँदैछ। “समयमै नर्सिङ रोगको जाँच गरौं, स्वस्थ र दीर्घ जीवन बाँचौं“ भन्ने नाराका साथ बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको निर्देशनमा जनस्वास्थ्य कार्यालय टेकु, काठमाडौंको आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।

    images
    images
    images

    शिविरमा निम्न स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनेछः मधुमेह परीक्षण (रक्तमा चिनीको मात्रा परीक्षण) रक्तचाप (ब्लड प्रेसर) मापन मिर्गौला सम्बन्धी रोगको परीक्षण उचाइ र तौलको आधारमा बीएमआई मापन भाेली २०८२ साल जेठ २४ गते, शनिवार, विहान ७ बजे देखि दिउँसो १२ बजे सम्म टोखा न.पा. वडा नं. ३ वडा कार्यालयमा हुनेछ ।

    टोखा वडा नं. ३ का वडा अध्यक्ष रमेश डंगोलले यस स्वास्थ्य शिविरप्रति उत्साह व्यक्त गर्दै भन्नुभयाे, “समुदायमै आएर स्वास्थ्य परीक्षण गरिदिनु स्वागतयोग्य कदम हो। हामीले सबै वडा बासिन्दालाई शिविरमा सहभागी भई स्वास्थ्य चेकजाँच गराउन आह्वान गरेका छौं ।”

    आधारभुत स्वास्थ्य सेवा केन्द्रका जनस्वास्थ्य निरीक्षक संजिव कुमार पटेलले भन्नुभयाे, “नसर्ने रोगहरूको प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि यस्ता शिविरहरू अत्यन्त प्रभावकारी हुन्छन् । स्वास्थ्य पहुँचलाई समुदायसम्म पुर्‍याउने हाम्रो लक्ष्य हो ।”

    शिविरको समन्वय टोखा नगरपालिकाको वडा नं. ३ कार्यालय तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र (टोखा सरस्वती स्वास्थ्य चौकी) ले गरेका छन्। उक्त शिविरमा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता अपेक्षा गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ