Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

४२७ औं हप्तामा प्रवेश गर्दै चक्रपथ सरसफाई अभियानको रक्तदान कार्यक्रम भव्य सम्पन्न


ग्लोबल पाना
शनिबार, जेठ २४ २०८२
  • 441
    SHARES

  • images
    ४२७ औं हप्तामा प्रवेश गर्दै चक्रपथ सरसफाई अभियानको रक्तदान कार्यक्रम भव्य सम्पन्न

    काठमाडौं । बागमती सरसफाई महाअभियानबाट प्रेरित भई फोहरको श्रोत बाटै व्यवस्थापन गर्नुपर्छ भन्ने उदेश्यका साथ २०७४ बैशाख २ गते बाट शुरु भएको चक्रपथ सरसफाई अभियानको ४२७ औं हप्ताको पुर्व सन्ध्यामा आयोजित बृहत रक्तदान कार्यक्रम ११० पिन्ट रगत जम्मा गर्दै भव्यताको साथ सम्पन्न भएको छ । कार्यक्रममा ६३ बर्षकी महिला रामदेवी श्रेष्ठ जसले ११३ औं पटक र ६२ बर्षका बिरेन्द्र जोशीले १४८ औ. पटक रक्तदान गर्दै कार्यक्रमलाई उत्कृष्ट बनाउनु भएको थियो ।

    images
    images
    images

    चक्रपथ सरसफाई महाअभियाको आयोजनामा भएको रक्तदान कार्यक्रममा मुख्य सहआयोजकको रुपमा ग्रीनसिटी हस्पिटल रहेको थियो भने सहआयोजकको रुपमा ब्लोदान काठमाडौं मध्यक्षेत्र तथा साउथ वेष्टर्न स्कुल अफ म्यानेजमेन्ट रहेको थियो । त्यस्तै कार्यक्रमको मिडिया सपोर्टरको रुपमा तुफान न्युज डटकम,नेपाली मिडिया अनलाईन टिभि तथा राष्ट्रियखबर डटकम रहेका थिए ।

    कार्यक्रमलाई सफल बनाउन यति हेल्थ साईन्स एकेडेमी,कलाकार रमेश दुलाल(कागे)को टिम ,सुन्दर परिकल्पना सक्षम समाजको टिम, रोटरी क्लब अफ काठमाडौं डाउनटाउन, ग्रीनसिटी हस्पिटलका कर्मचारीहरु ,चक्रपथ सरसफाई महाअभियानका सकृय अभियन्ताहरु,हिमालयन वातावरण संरक्षण प्रा.लि.का संचालक तथा कर्मचारीहरु, नेप्सेम्याक सेवा प्रा.लि.का संचालक तथा कर्मचारीहरु सकृयरुपमा लागेको कार्यक्रमका व्यवस्थापक तथा अभियन्ता तिलक बस्नेतले बताउनु भयो ।

    चक्रपथ सरसफाई महाअभियानले फोहर टिप्ने मात्र नभएर अन्य मानवीय सेवाका कार्यहरु गर्दै आई रहेकोमा ४०० औं हप्ताबाट प्रत्येक तिन महिनामा रक्तदान कार्यक्रम गर्ने योजना अगाडी ल्याएको तथा तिन वटै रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको कार्यक्रमका संयोजक तथा ग्रीन सिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनले बताउनु भयो । सबैको सहकार्य र सकृयतामा कार्यक्रम भव्यताको साथ सम्पन्न भएको भन्दै अध्यक्ष टण्डनले यो कार्यक्रमले मानवयि सेवामा लाग्न अझ थप उर्जा मिलेको समेत बताउनु भयो ।

    कार्यक्रममा ग्रीनसिटी हस्पिटलकी फाईनान्सियल डाईरेक्टर रेणुका गुरुङ,साउथ वेष्टर्न स्कुल अफ म्यानेजमेन्ट का बिएचएम प्रमुख अर्जुन उपाध्याय,ब्लोदान काठमाडौं मध्य क्षेत्रका अध्यक्ष आर बि ठकुरी,दन्त बिशेषज्ञ डा.पुष्कर काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको प्राबिधिक सहयोग मेट्र ब्लड बैंकले गरेको थियो । कार्यक्रम संयोजक लोक बहादुर टण्डनले कार्यक्रम सफल बनाउन सहयोगी भुमिका खेल्नुहुने सम्पुर्णलाई हार्दिक कृतज्ञता प्रकट गर्दै अर्को तिन महिनामा अझ भव्य र सभ्य बनाउन सबैलाई अपिल समेत गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ