पर्सा, २०८२ जेठ २४ । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका–५ स्थित डकैला चोकबाट ७५ कार्टुन प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला बरामद गरेको छ । भारतबाट अवैध रूपमा चोरी पैठारी गरी तीनवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमार्फत नेपालतर्फ ल्याइँदै गरेका ती चल्ला नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएका चल्लाहरू आवश्यक प्रक्रिया पूरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा सशस्त्र प्रहरी बल गण नं. १३ को परिसरमै नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए ।
पैठारीमा प्रयोग गरिएका मोटरसाइकलहरूलाई आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ । प्रहरीका अनुसार देशको खुला सीमाका कारण पोल्ट्रीजन्य वस्तुहरू (जस्तै चल्ला, कुखुरा, मासु, अण्डा) को अवैध आयात एक प्रमुख चुनौतीका रूपमा उभिएको छ ।
यस्ता कार्यले राजस्व चुहावट गर्नुका साथै रोग संक्रमणको खतरा समेत निम्त्याउने भएकाले कडाइका साथ निगरानी र कारवाही आवश्यक छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


