काठमाडौं – एन.सि.सि. अल्मुनाई एसोसियशन नेपाल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का निर्देशक तथा समाजसेवी श्री विशाल सापकोटा केन्द्रीय कार्यसमितिको इतिहासकै कान्छो सदस्य पदमा मनोनित हुनुभएको छ।
उहाँ १६ वर्ष र २९१ दिनको दिन उक्त कार्यसमितिको सदस्यमा मनोनयन हुनुभएको हो। उहाँको यो मनोनयनलाई एन.सि.सि. अल्मुनाई नवलपुरले अत्यन्त गौरवको रूपमा लिँदै बधाई तथा शुभकामना व्यक्त गरेको छ।
सापकोटा एक जुझारु युवा, बाल अधिकारका प्रतिबद्ध संरक्षक तथा बालमैत्री समाज निर्माणमा समर्पित अभियन्ताका रूपमा परिचित हुनुहुन्छ। लामो समयदेखि सामाजिक परिवर्तनको यात्रामा सक्रिय रहँदै आउनु भएका उहाँले युवामाझ नेतृत्व विकास, समाजिक चेतना अभिवृद्धि तथा सकारात्मक परिवर्तनको जग बसाल्ने काम गर्दै आउनुभएको छ।
एन.सि.सि. अल्मुनाई नवलपुर परिवारको तर्फबाट जारी शुभकामना सन्देशमा भनिएको छ, “उहाँको अनुभव, लगनशीलता, नेतृत्व क्षमता र सामाजिक परिवर्तनप्रतिको अथक प्रयासले संस्थालाई अझ प्रभावकारी, समावेशी र युवामैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउने हाम्रो विश्वास छ।”
संस्थाले सापकोटाको कार्यकाल सफल, प्रेरणादायी र उपलब्धिपूर्ण रहोस् भन्ने शुभेच्छासमेत व्यक्त गरेको छ। यो मनोनयनले एन.सि.सि. अल्मुनाई एसोसियशन नेपालभित्र नयाँ ऊर्जा, सक्रियता र नविन सोच ल्याउने दिशामा एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


