Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बालश्रम विरुद्धको विश्व दिवस २०२५ को अवसरमा सञ्चारकर्मीसँग विशेष छलफल कार्यक्रम सम्पन्न


ग्लोबल पाना
बुधबार, जेठ २८ २०८२
  • 259
    SHARES

  • images
    बालश्रम विरुद्धको विश्व दिवस २०२५ को अवसरमा सञ्चारकर्मीसँग विशेष छलफल कार्यक्रम सम्पन्न

    काठमाण्डौं । बाल श्रम विरुद्धको विश्व दिवस २०२५ को अवसरमा बाल श्रमसम्बन्धी विषयमा सञ्चारकर्मीसँग विशेष छलफल कार्यक्रम बुधबार काठमाडौँमा सम्पन्न भयो। कार्यक्रम समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका ९सिविस० को सहयोगमा मिडिया बालबालिका तथा मिडिया समूहद्वारा आयोजना गरिएको थियो।

    images
    images
    images

    कार्यक्रममा सिविसका एडभोकेसी एडभाइजर तथा बाल अधिकारकर्मी युवराज घिमिरेले ‘बाल श्रम – खोसिएको बालपनको यथार्थ कथा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा हाल करिब ११ लाख बालबालिका श्रममा संलग्न रहेको र त्यसमा करिब २ लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको तथ्य प्रस्तुत गर्नुभयो।  उहाँले बाल श्रम अन्त्यका लागि तथ्यांकहरूको अद्यावधिक, सकारात्मक अभिभावक शिक्षा, जनचेतनाको अभिवृद्धि, निजी क्षेत्र, सञ्चार क्षेत्र, नागरिक अभियान तथा राज्य तीनै तहसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, बाल श्रम अन्त्यलाई राजनीतिक एजेन्डा र गौरवको योजना बनाइनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो।

    त्यसैगरी,  बालबालिका तथा मिडिया समूहका संयोजक गोविन्द खड्काले ‘मिडिया र बालबालिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारमाध्यममा बालबालिकासम्बन्धी विषयहरू पर्याप्त प्राथमिकता नपाएको र कतिपय अवस्थामा लापरवाहीपूर्ण ढंगमा प्रस्तुत हुने गरेकोतर्फ ध्यानाकर्षण गराउनुभयो। उहाँले बालमैत्री पत्रकारिता आवश्यक रहेको उल्लेख गर्दै पत्रकारहरूलाई नियमित तालिम, आचारसंहिता तथा कार्यदिशा आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सिविसकी अध्यक्ष विमला ज्ञवाली र महासचिव अनिता पाण्डेले सञ्चारमाध्यमले बाल श्रम तथा बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले बालबालिकासम्बन्धी विषयहरूलाई प्राथमिकतामा राखी अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

    साथै, सञ्चारकर्मीहरूले बाल अधिकारका सवालमा थप जिम्मेवार, संवेदनशील र सक्रिय भूमिका खेल्नुपर्ने आग्रह गर्नुभयो। सिविसका परियोजना संयोजक उमङ्ग मैनालीले सञ्चालकको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा बालबालिका तथा मिडिया समूहका सहसंयोजक रमेश गिरी, सदस्य सरोज ओझा लगायतका महानुभावहरुले धारणा राख्नुहुँदै बालश्रम संबन्धी समस्या समाधानमा संचार माध्यम र नागरिक समाज बिचको समन्वयले महत्वपूर्ण  भूमिका खेल्ने आशय व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, बाल अधिकारकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले बाल श्रम अन्त्यका लागि सामाजिक चेतना अभिवृद्धि, सञ्चारको सशक्त प्रयोग र नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा सहभागी पत्रकार तथा सरोकारवालाहरूले यस अभियानमा सञ्चार क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ