Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास बैंक ‘ए’ को दोहोरो जीतः कर्मचारी खेलकुद प्रतियोगिताको फुटसलमा पुरुष र महिला दुवै टिम च्याम्पियन


ग्लोबल पाना
बिहीबार , जेठ २९ २०८२
  • 395
    SHARES

  • images
    कृषि विकास बैंक ‘ए’ को दोहोरो जीतः कर्मचारी खेलकुद प्रतियोगिताको फुटसलमा पुरुष र महिला दुवै टिम च्याम्पियन

    काठमाडौं, जेठ २९ । कृषि विकास बैंक ‘ए’ ले १४औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा बुधबार ऐतिहासिक सफलता हात पार्दै पुरुष र महिला दुवै विधामा उपाधि जितेको छ। दुवै टिमको जित पेनाल्टी सुटआउटमार्फत तय भयो।

    images
    images
    images

    टोखास्थित ग्रान्डी स्पोट्र्स सेन्टरमा सम्पन्न पुरुष फाइनलमा कृषिले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यस्तै, तेस्रो स्थानको लागि नेपाल वायु सेवा निगमले काठमाडौं खानेपानी लिमिटेडलाई २–० गोलले हराउँदै कांस्य पदक जित्यो।

    प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीहरूले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। महिलातर्फको फाइनलमा पनि रोमाञ्चक पेनाल्टी सुटआउट देखियो। कृषि विकास बैंक ‘ए’ को महिला टिमले नेपाल बैंक लिमिटेडलाई ५–४ गोलले पराजित गर्दै उपाधि कब्जा गर्‍यो।

    निर्धारित समयमा दुवै टिमले एक–एक गोल गरे। महिला विधामा विजेता टिमले ३० हजार र उपविजेता टिमले २० हजार रुपैयाँ नगद पुरस्कार हात पारे। प्रतियोगिता कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा सम्पन्न भएको हो। दुवै विधामा कृषिको शानदार प्रदर्शनले संस्थागत खेलकुदमा यसको प्रभुत्व झल्काएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ