Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

हनी बी स्कुल: टोखामा समग्र बालविकासका लागि शिक्षाको नयाँ दृष्टिकोण


बिहीबार , जेठ २९ २०८२
  • 513
    SHARES

  • images
    हनी बी स्कुल: टोखामा समग्र बालविकासका लागि शिक्षाको नयाँ दृष्टिकोण

    काठमाडौं — टोखा-७, धापासीमा अवस्थित हनी बी स्कुलले शैशव कक्षा देखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। पछिल्लो समय विद्यार्थीको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ, जसले विद्यालयप्रति अभिभावकहरूको विश्वास झल्काउँछ।

    images
    images
    images

    विद्यालयले बालमैत्री र पारिवारिक वातावरणमा सिकाइलाई प्राथमिकता दिएको छ। हनी बी स्कुल मा बच्चाहरूलाई केवल किताबी ज्ञान मात्र होइन, नैतिक शिक्षा, अनुशासन, र सामाजिक जिम्मेवारीसमेत सिकाइन्छ। साथै, विद्यालयले विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्दै जंक फुड निषेध गरेको छ र स्वस्थकर खाना सेवन गर्न प्रोत्साहन गरिरहेको छ।

    विद्यालयमा अतिरिक्त क्रियाकलापहरूमार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गरिन्छ। खेलकुद, सिर्जनात्मक कला, संगीत, नृत्य, र समूहगत कार्यमार्फत विद्यार्थीहरूलाई व्यवहारिक सिकाइमा संलग्न गराइन्छ।

    विद्यालयकी प्रधानाध्यापक कमला घिमिरे अधिकारी को नेतृत्वमा, शिक्षक–शिक्षिकाहरूले माया, स्नेह र अनुभवका साथ विद्यार्थीहरूको समग्र विकासमा विशेष ध्यान दिइरहेका छन्। उनी भन्छिन्, “हामी बालबालिकालाई घरकै जस्तो सुरक्षित वातावरणमा शिक्षा दिन चाहन्छौं, जहाँ उनीहरू स्वतन्त्र सोच्न, स्वस्थ बाँच्न, सिक्न र बढ्न सकून्।”

    स्थानिय स्तरमै उत्कृष्ट शैक्षिक संस्था बन्ने लक्ष्यसहित अघि बढेको हनी बी स्कुल ले अभिभावक र समुदायसँग समन्वय गर्दै गुणस्तरीय, व्यवहारिक र स्वास्थ्यमैत्री शिक्षा प्रदान गरिरहेको छ।

    सम्पर्क ठेगाना: हनी बी स्कुल, टोखा–७, धापासी

    प्राचार्य: कमला घिमिरे अधिकारी

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ