Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली राष्ट्रियता सबैको समान पहिचानबाट मात्र बलियो हुन्छ : नेता श्रेष्ठ


ग्लोबल पाना
शुक्रबार, जेठ ३० २०८२
  • 527
    SHARES

  • images
    नेपाली राष्ट्रियता सबैको समान पहिचानबाट मात्र बलियो हुन्छ : नेता श्रेष्ठ

    गोरखा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै नेपालीको पहिचान र अधिकार स्थापित गरियो भने मात्र नेपालीको राष्ट्रियता बलियो हुने बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाः गोरखा जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पहिचानलाई गर्वबोधका साथ लिन र भाषा, संस्कृति र परम्पराको रक्षा गर्नलाई अगाडि बढ्न आवश्यक रहेको बताए ।

    images
    images
    images

    उनले भने, ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षा गर्नुपर्छ र नेपाली हुनुमा हामीले गर्व गर्नुपर्छ । र साथै हामी अन्तर्राष्ट्रियतावादी हौं, मानवतावादी हौं । हाम्रो पहिचानको कुराकानी गर्दा नेपाल र नेपालीको भावनालाई कमजोर गर्ने भनेको होइन ।

    सबैको पहिचान र अधिकार स्थापित गरियो र सबैमा समान अधिकार सहितको एकताको भाव बलियो भयो भने मात्र नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता बलियो हुन्छ र नेपालीको राष्ट्रियता बलियो हुन्छ ।’ उनले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै गएको बताए । उनले सामाजिक र आर्थिक रुपान्तरण नै समृद्धिको आधार रहेको पनि बताए ।

    लोकतन्त्रको रक्षा गर्न सामाजिक आर्थिक रुपान्तरण आवश्यक रहेको बताउँदै उनले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ