Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

२०२५ मा खाद्य बस्तुको मूल्य १० प्रतिशतले घट्ने : विश्व बैंक


ग्लोबल पाना
शनिबार, जेठ ३१ २०८२
  • 423
    SHARES

  • images
    २०२५ मा खाद्य बस्तुको मूल्य १० प्रतिशतले घट्ने : विश्व बैंक

    काठमाडौं । सन् २०२५ मा विभिन्न खाद्य बस्तुहरुको मूल्य १० प्रतिशत सम्मले घट्न सक्ने विश्व बैंकले बताएको छ। विश्व बैंकले यसैसाता सार्वजनिक गरेको ग्लोबल ‘इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदनले बढ्दो व्यापार अवरोध र नीतिगत अनिश्चितताका बीचमा कमजोर आर्थिक वृद्धिका सम्भावनाहरूका कारणले गर्दा बस्तुको मूल्य घट्ने उल्लेख गरेको छ। ‘वार्षिक औसत वस्तुका मूल्यहरू २०२५ मा १० प्रतिशतले घट्ने अपेक्षा गरिएको छ। २०२६ मा वस्तुको मूल्यहरू अझ ६ प्रतिशतले कम हुने अनुमान गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

    images
    images
    images

    अबका दिनमा केही ऊर्जा र धातुगत वस्तुहरूको उत्पादन विस्तार हुने र अधिकांश कृषि वस्तुहरूमा आपूर्ति अवरोधहरू कम हुनसक्ने भएकाले यस्तो सम्भावना देखिएको विश्व बैंकले जनाएको छ। वस्तुको मूल्यमा हुनसक्ने जोखिम प्रक्षेपणहरू घट्दो दिशामा रहेको बताइएको छ। प्रमुख अर्थतन्त्रहरू बीच व्यापार तनावको नवीकरण वृद्धिले विश्वव्यापी व्यापार र लगानीलाई अझ कमजोर बनाउन सक्ने भएकोले गर्दा वस्तुको मागलाई कमजोर बनाउने अपेक्षा गरिएको छ।

    पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकहरुले तेल उत्पादनमा अपेक्षाकृत तीव्र वृद्धि गरेपछि गत अप्रिलको सुरुवातमा तेलको मूल्यमा अचानक गिरावट आएको थियो। कच्चा तेलको मूल्य यस वर्ष प्रति ब्यारेल औसत ४६६ अमेरिकी डलर र अर्को वर्ष प्रति ब्यारेल ४६१ डलर हुने अनुमान गरिएको छ। जसले गर्दा कृषि वस्तुको मूल्य यस वर्ष थोरै परिवर्तन हुने र २०२६–२७ मा अझ घट्ने अनुमान गरिएको छ।

    ‘विश्वमा आंशिक रूपमा बढ्दो चामलको भण्डार र उच्च भटमास उत्पादनको कारणले गर्दा खाद्य बस्तुको मूल्यमागिरावट आउने प्रतिवदेनमा उल्लेख छ। साथै आंशिक रूपमा मकैबाट उत्पादन हुने इथानोल तेलको माग समेत घट्न सक्ने भएकाले मकैको मूल्य समेत घट्ने अनुमान गरिएको छ। सन् २०२६–२७ मा पेय पदार्थको मूल्य सामान्य हुन थाल्ने अपेक्षा गरिएको छ। खाद्य मूल्यहरू व्यापक रूपमा स्थिर रहनेछन्, जसले गर्दा समग्र कृषि मूल्यहरू थोरै कम हुने अनुमान गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

    त्यसैगरी बहुमूल्य धातु बाहेक अन्य सम्पूर्ण धातु सूचकांक २०२५ मा ५ प्रतिशतले घट्ने र २०२६ मा स्थिर हुनुअघि घट्ने अनुमान गरिएको छ। धेरैजसो आधारभूत धातुहरूको मूल्यहरू यस वर्ष घट्ने तय गरिएको छ, जसले विश्वव्यापी उत्पादनमा व्यापार–सम्बन्धित असरहरू प्रतिबिम्बित गर्दछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ