Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पूर्वमन्त्री अब्दुल खाँनको पहलमा गुलरियामा एम्बुलेन्स हस्तान्तरण: भारत सरकारलाई दिए धन्यवाद, बर्दियाली जनतामा उत्साह


ग्लोबल पाना
शनिबार, जेठ ३१ २०८२
  • 1,363
    SHARES

  • images
    पूर्वमन्त्री अब्दुल खाँनको पहलमा गुलरियामा एम्बुलेन्स हस्तान्तरण: भारत सरकारलाई दिए धन्यवाद, बर्दियाली जनतामा उत्साह

    बर्दिया ।  बर्दिया जिल्ला निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद तथा नेपाल सरकारका पूर्वमन्त्री माननीय अब्दुल खाँनको सक्रिय पहलमा आज एक महत्वपूर्ण उपलब्धि हासिल भएको छ । नेपालस्थित भारतीय दूतावासको सहयोगमा गुलरिया नगरपालिका वार्ड नं. ८, ९ र १० का लागि अत्यावश्यक एम्बुलेन्स हस्तान्तरण गरिएको छ। सार्वजनिक स्वास्थ्य सेवाको पहुँचलाई सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएका यी एम्बुलेन्सहरूको आज एक विशेष समारोहका बीच हस्तान्तरण गरिएको हो ।

    images
    images
    images

    यस पहलमार्फत बर्दिया जिल्लाको दुर्गम क्षेत्रहरूमा आपतकालीन स्वास्थ्य सेवा सहज हुने विश्वास गरिएको छ। पूर्वमन्त्री खाँन लामो समयदेखि बर्दिया जिल्लाको सामाजिक–आर्थिक विकास र जनताको आधारभूत सेवा सुनिश्चितताका लागि प्रतिबद्ध रहँदै आएका छन् । 

    पूर्वमन्त्रीको रूपमा पनि उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार र रोजगारीका क्षेत्रमा थुप्रै सकारात्मक पहलहरू गरे । यसपटकको एम्बुलेन्स सहयोग पनि उनको नेतृत्व क्षमताको प्रमाण हो, जसले बर्दिया जिल्लाको स्थानीय तहमा स्वास्थ्य पूर्वाधार सुदृढ गर्न ठोस टेवा पुर्‍याउनेछ ।

    कार्यक्रमका क्रममा पूर्वमन्त्री खाँनले नेपालभरका ४० वटा स्वास्थ्य संस्थाहरूलाई एम्बुलेन्स उपलब्ध गराएकोमा भारत सरकारप्रति विशेष आभार प्रकट गरे । उनले भारतले समय-समयमा नेपाललाई एम्बुलेन्स, स्कुल बस, प्रयोगशालाका सामग्री तथा अन्य अत्यावश्यक सवारी साधनहरू उपलब्ध गराउँदै आइरहेको उल्लेख गर्दै भने, “भारत सरकारको निरन्तर सहयोग नेपालका ग्रामीण तथा पिछडिएका क्षेत्रहरूको स्वास्थ्य, शिक्षा र आपतकालीन सेवामा महत्वपूर्ण टेवा पुगिरहेको छ । यस्तो सहयोगले दुई देशबीचको मित्रवत सम्बन्ध अझ बलियो बनाएको छ, जसप्रति हामी हार्दिक धन्यवाद प्रकट गर्छौं ।” पूर्वमन्त्री खाँनले भारतको मानवीय सहयोगले नेपाल–भारत सम्बन्ध जनस्तरसम्म पुगेर अझ सशक्त बनेको धारणा पनि व्यक्त गरे ।

    गुलरियामा एम्बुलेन्स हस्तान्तरण भएपछि बर्दियाली जनतामा नयाँ उत्साह देखिएको छ । 

    एम्बुलेन्स पाएका स्थानीय बासिन्दाहरूले कठिन परिस्थितिमा सहज र शीघ्र उपचार सेवा पाउने आशा व्यक्त गर्दै पूर्वमन्त्री  खाँनको सक्रियता र जनउत्तरदायी भूमिकाको खुलेर प्रशंसा गरे । हामी अब आकस्मिक सेवामा ढुक्क भएका छौं भन्दै स्वास्थ्य पूर्वाधार कमजोर रहेको क्षेत्रका लागि यो एम्बुलेन्स सेवा महत्वपूर्ण भएको स्थानीय जनप्रतिनिधिहरूले बताए ।

    बर्दियाको समृद्धि र जनसेवामूलक कार्यहरूमा अब्दुल खाँनको निरन्तर सक्रियता स्थानीय तहका लागि प्रेरणादायी बनिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ