Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

टोखा ३ का जेष्ठ नागरिक तथा एकल महिलाको देवीघाट तिर्थ यात्रा सम्पन्न


ग्लोबल पाना
सोमबार, असार २ २०८२
  • 321
    SHARES

  • images
    टोखा ३ का जेष्ठ नागरिक तथा एकल महिलाको देवीघाट तिर्थ यात्रा सम्पन्न

    काठमाडौं । टोखा नगरपालिका–वडा नम्बर ३ का अध्यक्ष रमेश डंगोलको सक्रिय पहलमा जेष्ठ नागरिक तथा एकल महिलाहरूको लागि विशेष धार्मिक तिर्थस्थल भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    नुवाकोटको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको देवीघाट (जहाँ पृथ्वीनारायण शाहको दाहसंस्कार स्थल अवस्थित) मा आयोजित उक्त भ्रमणमा सहभागीहरुले अध्यात्मिक शान्तिको अनुभूति गरेका छन् । अध्यक्ष डंगोलले समाजमा जीवनको लामो अनुभव बोकेका जेष्ठ नागरिक र जीवनका विभिन्न चुनौतीसँग जुधिरहेकी एकल महिलालाई सम्मान गर्न र उनीहरूको मनोबल उच्च बनाउने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गरिएको बताए । उनले यस्ता सामाजिक तथा धार्मिक कार्यक्रमले आपसी सद्भाव, पीढी अन्तर संवाद र सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

    उक्त कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधिहरू, कर्मचारीहरु र सेवा प्रवाहमा संलग्न टोली पूर्ण रूपमा सहभागी थिए । कार्यक्रमले सामाजिक समावेशिता, वृद्ध सम्मान र महिला सशक्तिकरणप्रति वडाको प्रतिबद्धता प्रस्ट पारेको छ ।

    सहभागीहरुले वडाले आफूहरूलाई दिएको सम्मान र अवसरप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर चलिरहनुपर्ने अपेक्षा गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ