Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

साम्पाङमा ८५ प्रतिशत घरधुरीमा उज्यालोः ऊर्जा मन्त्री दीपक खड्काबाट बधाई र धन्यवाद


ग्लोबल पाना
मंगलबार, असार ३ २०८२
  • 454
    SHARES

  • images
    साम्पाङमा ८५ प्रतिशत घरधुरीमा उज्यालोः ऊर्जा मन्त्री दीपक खड्काबाट बधाई र धन्यवाद

    काठमाडौं । भोजपुरको षडानन्द नगरपालिका–१०, साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भई ८५ प्रतिशत घरधुरीमा उज्यालो पुगेको खबरले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई अत्यन्त हर्षित बनाएको छ ।

    images
    images
    images

    ऊर्जा मन्त्री दीपक खड्काले यस ऐतिहासिक उपलब्धिका लागि नेपाल विद्युत प्राधिकरण, वडा अध्यक्ष पेमदोर्ची शेर्पा तथा सम्पूर्ण वडा टिमलाई विशेष धन्यवाद दिँदै हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभएको छ । भौगोलिक रूपमा विकट साम्पाङमा स्थानीय सरकारको नेतृत्व, नागरिकको सक्रिय सहभागिता र सबै पक्षको साझा प्रयासले सम्भव भएको यो उपलब्धिले शिक्षा, स्वास्थ्य, सूचना, घरेलु उद्योग र आर्थिक क्रियाकलापमा उल्लेखनीय सहजता ल्याएको छ ।

    “टुकीको उज्यालोमा बिताएका कठिन दिनको अन्त्य गर्दै अब साम्पाङका नागरिकले आधुनिक जीवनशैलीको अनुभूति गर्न थालेका छन्,” मन्त्री खड्काले लेख्नुभएको छ। उहाँले बाँकी घरधुरीमा पनि चाँडै विद्युत् विस्तार गरी उज्यालो वडा घोषणा गर्न मन्त्रालय सधैं सहकार्यका लागि तयार रहेको स्पष्ट पार्नुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ